arrow

डडेल्धुरामा सुरु भयो नवजात शिशु सघन उपचार सेवा

logo
टेकराज अवस्थी,
प्रकाशित २०७३ चैत ११ शुक्रबार
Dadeldhura-hamrakura.jpeg
 डडेल्धुरा । सुदूरपश्चिमको एक मात्र ठूलो अस्पताल उप–क्षेत्रीय अस्पताल डडेल्धुरामा वाल रोग उपचारका लागि नवजात शिशु सघन उपचार सेवा संचालन भएको छ । 
 
  बिगत दुई महिना देखि अबरुद्ध स्त्रीरोग , वालरोग , हड्डी तथा दाँतको उपचारका लागि जिल्ला बाहिर जान बाध्य भएका बिरामीहरुका लागि एक हप्ता देखि उपलब्ध हुदै आएको बालरोग बिशेष उपचार सेवामा नवजात शिशु सघन उपचार सेवा थप गरिएको उप–क्षेत्रीय अस्पताल डडेल्धुराका अध्यक्ष लक्ष्मण सिंहले जानकारी दिएका छन ।
 
     भेन्टिलेटर १ , रेडियन्ट वारमर ५ र फोटोथेरापी ३ सहित आवश्यकताका आधारमा २४ घण्टे आवश्यक बिशेषज्ञ चिकित्सक हुने भएकोले जन्मेको २८ दिन भित्रका बाल स्वास्थ्य रोग सम्बन्धित आकस्मिक उपचार सहज हुने भएको छ । 
 
 संरचनागत रुपले सुदूरपश्चिमको सबैभन्दा ठूलो अस्पताल भएपनि उपक्षेत्रीय अस्पताल डडेल्धुरामा मापदण्ड अनुसारको सेवा पुग्न नसकेको अवस्थामा अत्याधुनिक प्रयोगशाला सहित नवजात शिशु सघन उपचार सेवा संचालन भए पछि स्थानीय खुशी पनि भएका छन । 
 
२०७० सालमा उप क्षेत्रीय अस्पतालको अबधारणामा संचालन हुदै आएको अस्पतालमा पहाडी जिल्लाहरुको सेवा क्षेत्र भित्र पहिलो पटक सेवा शुरु भएपछि सुदूरका बालबालिकालाई हुने जण्डिस , सेप्सिस , हाईपोयर्नियाँ लगायतका जोखिमपूर्ण रोगहरुको पहिचान र उपचार सेवाहरु उपलब्ध हुन थाले पछि सुदूरपश्चिमका पहाडी जिल्लाहरुका सेवाग्राहीहरुलाई ठूलो राहत पुग्ने भएको छ । 
                



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ