arrow

चुनावको मुखमा काँग्रेसका नगर सभापतिले छोडे पार्टी

logo
प्रकाशित २०७३ चैत १० बिहिबार
tanka-jirel.jpeg
दोलखा । नेपाली काँग्रेस दोलखाका एकजना स्थानिय नेताले पार्टी परित्याग गरेका छन् । दोलखाको पर्यटकीय नगर जिरीका काँग्रेस नगर सभापति समेत रहेका टंक जिरेलले पार्टी परित्याग गरेका हुन् । दोलखाका जुझारु काँग्रेस नेता जिरेलले पार्टी परित्याग गरेको कुरा सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी गराएका छन्। 
 
नेपाली काँग्रेसमा विताएको ३५ बर्ष लामो सक्रिय योदान पश्चात आफू बाहिरएको उनले बताउँदै गर्दा आफ्नो असन्तुष्टी समेत पोखेका छन्। उनले लेखेका छन्, ' बाँकी अभिभारा चरिकोट एवं काठमाडौंबाटै जिरीको राजनीति गर्ने सिपालु ठूला नेताहरुलाई सुम्पदै आजैबाट नेपाली काँग्रेसको सम्पूर्ण पद तथा जिम्मेवारीबाट अलग भएको घोषणा गर्दछु । ठूला नेताहरुलाई मैले मैदान खाली गर्दा सन्तोष महशुस गरेको छु ।'
 
जिरेल नेपाली काँग्रेसको महाधिवेशनको बेला पार्टीको महाधिवेशन प्रतिनिधीमा पराजीत थिए । उनी त्यसअघी महासमिति सदस्य समेत थिए । नेपाली काँग्रेसका तत्कालिन नेता भिम बहादुर तामाङसँग नजिक रहेर काम गरेका जिरेलले पार्टी परित्याग गर्दा आसन्न स्थानिय तहको निर्वाचनमा काँग्रेसलाई घाटा लाग्ने अनुमान गरिदैछ । तर केहि स्थानिय नेताहरुले कुनै व्यक्ति विशेष असन्तुष्ट भएर बाहिरिदैमा केहि फरक नपर्ने बताएका छन्। 
 
Image may contain: text



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ