arrow

नयाँ शक्तिसहित २४ दलको मोर्चाबन्दी (सूचीसहित)

निर्वाचन आयोगले सवैलाई दलीय हैसित दिन नसक्ने

logo
प्रकाशित २०७३ चैत १० बिहिबार
ell-nee.jpeg

काठमाडौं । निर्वाचन आयोगले सबैलाई दलीय हैसित दिँदा चुनावलाई प्रभाव पर्ने भनेपछि बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिसहित २४ दल आन्दोलित भएका छन् । उनीहरुले स्थानीय तहको निर्वाचनमा चुनाव चिन्ह लिएर चुनाव लड्न नपाउने भएपछि मोर्चाबन्दी गरेका छन् ।

संसदमा नरहेका ती दलले स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीको चुनाव चिन्हले मान्यता पाउनु पर्ने माग समेत गरेका छन् । २४ दलले विहीबार संयुक्त पत्रकार सम्मेलन गरेर स्थानीय तह निर्वाचन ऐनको व्यवस्था विभेदकारी भएको भन्दै खारेज गर्न भने । उनीहरुले प्रधानमन्त्री र निर्वाचन आयोगका पदाधिकारीहरुलाई दबाब दिइरहेका छन् । निर्वाचन आयोगले भने सवैलाई दलीय हैसियत दिन नसक्ने प्रष्ट्याएको चन आयोगले भने सवैलाई दलीय हैसियत दिन नसक्ने प्रष्ट्याएको छ ।

मोर्चाबन्दी गरेका २४ दलले संविधानको धारा २६९ र २७१ को राजनीतिक दलको गठन दर्ता र सञ्चालनसम्बन्धी सबै शर्तहरु र निर्वाचन आयोगले निर्वाचनका लागि तोकेको प्रक्रिया पूरा गरेको दलहरु भएकाले चुनाव चिन्ह पाउनुपर्ने तर्क गरे । बहुदलीय व्यवस्थाको अन्तर्राष्ट्रिय प्रचलनअनुसार आ–आफ्नो चुनाव चिन्हसहित विचारधारा, दर्शन र कार्यक्रम प्रसारप्रसार गर्ने र निर्वाचनमा भाग लिने नैसर्गिक अधिकार भएको पनि उनिहरुको जिकिर छ ।

स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा २६ को ६ र ७ ले संसदमा रहेका केही दलहरुलाई मात्रै चुनाव चिन्ह दिएर आफूहरुलाइ प्रतिबन्द लगाएको भन्दै उनीहरुले पार्टीको चुनाव चिन्हसहित निर्वाचनमा भाग लिने वातावरण बनाउन सरकार र निर्वाचन आयोगलाई अनुरोध गरेका छन् । निर्वाचन आयोगले २०७०को संविधान सभा निर्वाचनमा पाएको समानुपातिक मत संख्याका आधारमा क्रम मिलाएर २६ दललाई मात्र निर्वाचन चिन्ह दिएको छ ।

No automatic alt text available. 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ