arrow

स्थानिय तह निर्वाचनका लागि बागलुङमा एक सय ३ वटा मतदान केन्द्र तय

logo
नारायण रिजाल,
प्रकाशित २०७३ चैत १० बिहिबार
Baglung-hamrakura.jpg.jpeg
बागलुङ।आगामी बैशाख ३१ गते हुन लागेको स्थानिय तहको निर्वाचनको लागी बाग्लुङमा १ सय ३ वटा मतदान केन्द्र तय गरीएको छ।  सरकारले बैसाख ३१ मा स्थानिय तहको निर्वाचन तोके सँगै बाग्लुङमा  निर्वाचन सम्वन्धी गतिविधीहरु समेत बढ्न थालेका छन्। जिल्लामा स्थानिय तहको  निर्वाचनको लागी जिल्ला निर्वाचन कार्यलयले मतदान केन्द्रको टुङगो लगाएको हो।
 
बिगतका निर्वाचनमा ९२ वटा मतदान केन्द्र रहेको बाग्लुङमा यस पटक ११ वटा केन्द्र थपी १०३ वटा बनाइएको छ। एक हजार मतदाता रहेको ठाउँमा १ निर्वाचन क्षेत्र रहने ब्यवस्था रहेको जिल्ला निर्वाचन अधिकारी बिकासचन्द्र शर्माले जानकारी दिए। बाग्लुङमा कुल १लाख ६३ हजार २ सय ३७ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएपनी मतदान गर्नेको अन्तीम तथ्याङक निकाल्ने काम भइरहेको निर्वाचन अधिकारी शर्माले जानकारी दिएका छन्। जिल्ला भरमा ८५हजार ३सय ८६ महिला र ७७ हजार ८ सय ५० जना पुरुषले मतदाता नामावलीमा नाम दर्ता गराएका छन्। 
मतदाता नामावलीमा १६ बर्ष पुरा भएकाले समेत नाम दर्ता गराएको भए पनि मतदान गर्न १८ बर्ष पुरा हुनु पर्ने प्राबधान रहेकोले मतदाताको सङख्या घटेको शर्माले जानकारी दिए।
 
मतदाता नामावली प्रसोधन प्रकृया सगै मतदान स्थल तोक्ने , मतदाता शिक्षा , अचार संहिता लगायतका कार्य संचालनको तयारी समेत भइरहेको निर्वाचन कार्यलयले जानकारी दिएको छ।  करीव २० बर्ष देखी स्थानिय तह रिक्त रहेकावेला हुन लागेको निर्वाचनलाइ लिएर स्थानिय उत्साहीत भएका छन्। लामो समय सम्म जनप्रतीनिधी बिहीन हुदा नागरीकलाइ समस्या परेकोवेला हुन लागेको चुनावले मतदातालाइ झनै उत्साह थपेको छ।
 
यता स्थानिय तहको चुनाव सुरक्षा दृष्टीमा समेत चुनौती नरहेको प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेले बाताएका छन्। उनले जिल्लामा चुनावको लागि सुरक्षा व्यबस्था मजबुद बनाइएको समेत जानकारी दिए। फरक प्रसङगमा प्रजिअ अधिकारीले आम नागरिक बिच निर्वाचन बारे जानकारी गराउन नागरीक समाज , राजनैतिक दल, बुद्दिजिवी  र पत्रकारहरुले महत्वपुर्ण भुमिका समेत निर्वाह गर्नु पर्ने बताएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ