arrow

काठमाडौंको ११ नगरपालिकामा काँग्रेसका तर्फबाट मेयरका आकाँक्षी को को? (नामावली सहित)

logo
प्रकाशित २०७३ चैत १० बिहिबार
काठमाडौं। स्थानीय तहको निर्वाचनको तयारी व्यापक रुपमा चलिरहेको छ । निर्वाचनको तयारी पनि व्यापक रुपमा चलिरहेको छ । आगामी बैशाख ३१ गते हुने स्थानीय निर्वाचनमा पार्टीगत रुपमा उम्मेदवारीको आकांक्षा देखाउनेहरुको पनि होड सुरु भएको छ । 
 
काठमाडौंमा एक महानगरपालिका र ११ नगरपालिका यतिखेर सार्वजनिक चासोको रुपमा रहेको छ। देशकै राजधानी रहेको काठमाडौंको स्थानय तहको निर्वाचनमा कुन पार्टीबाट को उमेद्वार भन्ने कुरा स्थानिय राजनीतिक दलका नेता कार्यकर्तादेखि आम नागरिक र स्थानियस्तरमा मतदाताहरुका लागि पनि चासोको बिषय बन्दै गएको छ । 
 
विभिन्न पदहरुमा उम्मेदवारी दिनेहरुको चाहनासँगै उम्मेदवारका आकांक्षीहरुमा होड चलिरहेको छ । मुख्य पार्टीहरुले विशेषगरी महानगरपालिका र काठमाडौंका नगरपालिकाहरुमा बनाउने उमेद्वारको बारेमा चर्चा थालेसँगै आकाँक्षीहरु पनि आफ्नो तयारीमा पनि लागेका छन्।  
 
सरकारको मुख्य घटक तथा संसदमा सबैभन्दा ठूलो दल नेपाली काँग्रेसले आफ्ना भातृ तथा शुभेच्छुक संस्थाहरुलाई स्थानीय तहमा ख्यातीप्राप्त काँग्रेसका नेता कार्यकर्ताको नामावली पठाउन निर्देशन समेत दिईसकेको छ । अब भातृ तथा शुभेच्छुक संस्थाबाट प्राप्त नामावलीलाई समेत केन्द्रबाट अध्ययन गरी टिकट दिने विषयमा केन्द्रले नै निर्णय लिने तयारी समेत भइरहेको छ ।  
 
काठमाडौंका १ महानगरपालिका र ११ वटै नगरपालिकामा भने नेपाली काँग्रेसको तर्फबाट उम्मेदवारका आकांक्षीहरुको नामावली सार्वजनिक भइ चर्चा समेत शुरु भएको छ । काठमाडौंको कुन् नगरपालिकाबाट को मेयरमा उठ्दैछन् त ? मतदाता र काँग्रेस कार्यकर्ताको चासोलाई सम्वोधन गर्दै यहाँ यो जानकारी पेश गरेका छौं।  
 
नेपाली काँग्रेसभित्र पार्टी सभापति शेर बहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेल समुह स्थानिय तहको निर्वाचनमा हावी हुने छन् । तर स्थानिय तहको चुनावमा पार्टी नेता कृष्ण प्रसाद सिटौला समुहको प्रभाव पनि कम नहुने बताइएको छ । सिटौला समुहका काठमाडौं काँग्रेस पार्टी पूर्व सभापति भिमसेनदास प्रधान र पार्टीका केन्द्रीय सदस्य गगन थापा समेत काठमाडौंकै हुँदा सिटौला समुहको प्रभाव काठमाडौंमा उत्तिकै रहने छ । सिटौला समुहको प्रभावसँगै काठमाडौंको राजनीतिमा सदावहार प्रभाव राख्दै आएका पूर्व महामन्त्री प्रकाशनमानसिंहको भुमिका पनि उत्तिकै रहने देखिएको छ। काठमाडौं महानगरपालिका वरिपरिका ११ नगरपालिकामा यतिखेर काँग्रेसका स्थानिय तहका कार्यकर्ताबीच चुनावी उमेद्वारहरुको बारेमा मन्थन समेत शुरु भएको छ। 
 
१८ बर्ष देखि हुन नसकेको चुनावमा धेरै आकाँक्षी हुन सक्ने देखिएपछि काँग्रेसका नेता कार्यकर्ताहरुमाझ कसलाई उमेद्वार बनाउने भन्नेमा गृहकार्य शुरु भएको छ । नेपाली काँग्रेसका नेता तथा पूर्व सहमहामन्त्री पूर्ण बहादुर खड्का काठमाडौं काँग्रेसका नेताहरुलाई राखेर चुनावमा एकतावद्ध भएर जान निर्देशन दिदै आएका छन् ।  खड्कालाई पार्टीले काठमाडौंमा केन्द्रीय प्रतिनिधीको रुपमा खटाएको छ । 
 
खड्काको विशेष उपस्थितिमा काठमाडौंमा भएको स्थानिय नेताहरुको बैठकले क्रियाशिल सदस्यहरुको भेला गरेर प्राप्त सिफारिस मध्ये पार्टीका क्षेत्रीय सभापति, पूर्व क्षेत्रीय सभापति, पार्टी सभापति, पूर्व सभापति, पार्टीका तर्फबाट सांसद भएकाहरुको संयुक्त वैठकले उमेद्वारको नाम चयन गर्ने निर्णय गरेको छ । वैठकले जनस्तरमा भिजेको, पहिचान भएको र विपक्षीसँग मुकाविला गर्न सक्ने व्यक्तिलाई मेयर र उपमेयरका साथै वडा अध्यक्षहरुमा उमेद्वार बनाउनुपर्नेमा सहमति जनाएको छ। वैठकले स्थानिय तहमा पार्टीको स्पष्ट रुपमा मुकाविला एमालेसँग हुने ठहर समेत गरेको छ। 
 
नागार्जुन नगरपालिकामा यतिखेर काँग्रेस कार्यकर्ताहरुमाझ केदार मानन्धर, मोहन बस्नेत, मिन बहादुर मानन्धर, रामेश्वर भट्टराई, धर्मराज गौतम र सरस्वती भट्टका बारेमा चर्चा चुलिएको छ। नागार्जुन नजिकको तारकेश्वर नगरपालिकामा भने धर्म अर्याल, इन्द्रमान महर्जन, बिष्णुभक्त तिमिल्सिना, श्रीराम थापा, सुदर्शन आचार्य, केदारनाथ पाठक र मुरारी तामाङको चर्चा छ । टोखा नगरपालिकामा भने काँग्रेसका आकाँक्षीहरु केहि बढी देखिएका छन्। माइला डंगोल, बसन्त क्षेष्ठ, हरिहर अधिकारी र कशिनारायण श्रेष्ठ चर्चामा छन् । 
 
काँग्रेस नेता गगन थापाको निर्वाचन क्षेत्र रहेको बुढानिलकण्ठ नगरपालिकामा पनि आकाँक्षीहरु बढी नै देखिएका छन् । क्षेत्रिय सभापति राजु श्रेष्ठ, न्हुच्छेनारायण श्रेष्ठ, गणेश कोइराला, राजाराम बुढाथोकी, बिनोद चालिसे र गोकर्ण केसीको नाम कार्यकर्ताका माझ चर्चामा छ । गोकर्णेश्वर नगरपालिकामा भने श्रीकृष्ण ज्योती, लाल बहादुर तामाङ, दिपक रिसाल, सुदर्शन सिग्देल र शान्ता नेपाल चर्चामा छन् । 
 
शंखरापुर नगरपालिकामा जयराम पुडासैनी, राजुभाई मान्नधर, दिलीप कुमार श्रेष्ठ, बिष्णुगोपाल श्रेष्ठ र संगिता श्रेष्ठ चर्चामा छन। कागेस्वरी नगरपालिकामामा नवराज पु्डासैनी, विनोद सिलवाल, उपेन्द्र कार्की, शंखर थापा, भरत दंगाल र गोविन्द्र पुडासैनी चर्चामा छन् । 
चन्द्रागिरि नगरपालिकामा घनश्याम गिरी, जयकृष्ण महर्जन, धर्मानन्द श्रेष्ठ, राजेन्द्र बिक्रम वानियाँ र कृष्ण महार्जनको नाम चर्चामा छ ।
 
दक्षिणकाली नगरपालिकामा मोहन वस्नेत, सिद्धिमान श्रेष्ठ चर्चामा छन्। कीर्तिपुर नगरपालिकामा कृष्णमान डंगोल, राजकुमार नकर्मी, पुकार महर्जन र राममान सिंह चर्चामा रहेका छन् । काठमाडौं महानगरपालिकामा भने तीर्थराम डंगोल, प्रगति रञ्जित, नरोत्तम वैद्य र राजुराज जोशीको तयारी देखिन्छ । चर्चामा रहेकाहरु मध्ये कसले उमेद्वार हुन पाउने हुन त्यसका लागि भने कुर्नु पर्ने हुन्छ। 
 
 
 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ