arrow

एसइइ परीक्षा दिइरहेका परीक्षार्थीकोे यसरी भयो मृत्यु

logo
प्रकाशित २०७३ चैत ९ बुधबार
hamrakura-logo.jpeg
बैतडी । माध्यमिक शिक्षा परीक्षा एसइइ परीक्षा दिइरहेका बैतडीका एक परीक्षार्थीको अन्जानमा उच्चरक्तचापको औषधि खाँदा मृत्यु भएको छ । 
 
मृत्यु हुनेमा दशशथचन्द नगरपालिका–५ का १८ वर्षीय कैलाश दमाई रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हेरम्ब शर्माले जानकारी दिए । 
 
कैलाशले सोमवार आमाका लागि ल्याएकोे रक्तचापको औषधी सेवन गरेको र थप उपचारका लागि कैलाली लैजाँदै गर्दा मंगलबार बिहान बाटो मै मृत्यु भएको प्रहरीले बताएको छ । 
 
दशरथचन्द मावि सुन्दरखालीमा अध्ययनरत कैलाश शाहीलेकमा रहेको वीरेन्द्र मावि केन्द्रबाट एसइइ परीक्षा दिइरहेको जिल्ला शिक्षा कार्यालयका विद्यालय निरीक्षक शङ्कर जोशीले जानकारी दिए । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ