arrow

मधेसी दललाई देउवाले भने–संविधान संशोधन गर्ने भए निर्वाचनबाट नभाग्नुस्

logo
प्रकाशित २०७३ चैत ८ मंगलबार
deuba-new.jpeg

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मधेस केन्द्रित दललाई स्थानीय तहको निर्वाचनमा सहभागि हुन आग्रह गरेका छन् । नेपाल मानव अधिकार सङ्गठनले गरेको ‘मुलुकको निकास कसरी ?’ विषयक राष्ट्रिय बहसमा सभापति देउवाले संविधान संशोधन प्रस्तावको पक्षमा अहिले दुई तिहाई बहुमत पुग्न सक्ने अवस्था नरहेकाले सो प्रक्रियालाई पुनः निरन्तरता दिनका लागि पनि स्थानीय तहको निर्वाचनमा सहभागि भई मुलुकको राजनीतिलाई अगाडि बढाउन ती दललाई आग्रह गरे ।

मधेस केन्द्रित दलतर्फ संकेत गर्दै देउवाले संविधान संशोधन गर्ने हो भने स्थानीय तहको निर्वाचनबाट नभाग्न आग्रह गरे । एमाले नेता माधवकुमार नेपालले देशलाई अग्रगमनतर्फ लैजानका लागि निर्वाचनको विकल्प नरहेकाले सबै दल त्यसतर्फ लाग्नुपर्नेमा जोड दिदैं समय सापेक्ष संविधान संशोधन हुँदै जान्छ,–भने ।

क्रान्तिकारी माओवादी अध्यक्ष मोहन वैद्यले वर्तमान संविधानले मुलुकको समस्यालाई निकास दिन नसक्ने उल्लेख गर्दै अधिकार प्राप्तिका सन्दर्भमा सबैलाई वैज्ञानिक ढङ्गले समेटेर उनीहरुको भावनालाई सम्बोधन गर्नुपर्ने बताए । माओवादी केन्द्रका नेता मातृका यादव, सङ्घीय समाजवादी फोरमका नेता  शिवजी यादव, सद्भावना पार्टीका महासचिव मनिष सुमन, तमलोपाका नेता रामेश्वर राय यादव, पूर्वमन्त्री अनिलकुमार झाले मुलुककमा विद्यमान राजनीतिक अस्थिरताको निकासका लागि संविधान संशोधनको खाँचो रहेको आवश्यकता औँल्याए ।

नागरिक अगुवा दमननाथ ढुङ्गाना, कपिल श्रेष्ठ, सुबोध प्याकुरेललगायतले मधेसका अधिकारलाई स्थापित गर्दै निर्धारित समयमा निर्वाचन गर्नुपर्नेमा जोड दिए । नेपाल मानव अधिकार सङ्गठनका अध्यक्ष इन्द्रप्रसाद अर्यालले देशमा अहिले आर्थिक, सामाजिक तथा राजनीतिक विकासमा गतिरोध उत्पन्न भएकाले अब संसद्मा मात्र नभएर नागरिकस्तरमा पनि यस सम्बन्धी बहस गर्नुपर्ने आवश्यकता रहेको छ, –भने ।

आवधिक निर्वाचन गर्नुपर्नेमा जोड
मुलुकमा लोकतान्त्रिक परिपाटीलाई व्यवस्थित बनाउन संविधानले प्रदत्त गरेका आवधिक निर्वाचन र सामाजिक न्याय स्थापित गर्नुपर्नेमा विभिन्न नेता तथा बुद्धिजीवीले जोड दिएका छन् । मानव अधिकार तथा शान्ति समाजले गरेको अन्तक्र्रियाका सहभागिले संविधानलाई कार्यान्वयन गर्न आवधिक निर्वाचनको ठूलो महत्व रहेकाले समयमै निर्वाचन सम्पन्न गर्नुपर्ने आवश्यकता औँल्याए ।

एमाले केन्द्रीय सदस्य जीतु गौतमले निर्धा्रित समयमा निर्वाचन सम्पन्न गरी लोकतान्त्रिक परिपाटीलाई सुनिश्चित गर्न सकिने बताउँदै वर्तमान सरकारलाई चुनाव गराउनका लागि राम्रो वातावरण भएकाले त्यसतर्फ बढनुपर्ने बताए । नेपाली काँग्रेसका केन्द्रीय सदस्य जीवन परियारले संविधानले सबैका अधिकारलाई संरक्षण गरेको बताउँदै समावेशी संरचनाअनुसार निर्वाचन गरी सामाजिक न्याय स्थापित गर्न सकिने धारणा राखे ।

माओवादी केन्द्रका नेता विश्वभक्त दुलालले देशमा देखिएको राजनीतिक अन्यौलतालाई न्यूनीकरण गर्न निर्वाचन समयमा गर्नुपर्नेमा जोड दिए । समाजका संस्थापक अध्यक्ष कृष्ण पहाडीले जनताको लामो सङ्घर्षबाट प्राप्त भएको राजनाीतिक अधिकार संरक्षण गर्न दल र त्यसका नेतृत्वले चनाखो हुनुपर्ने बताउँदै त्यसो हुन नसकेमा इतिहासले उनीहरुलाई माफ गर्ने छैन् भने ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ