arrow

डा. महशुर गुलाटी भन्छन - 'कपिल शर्माले आफुलाई भगवान भन्ठाने !'

ग्रोवरले कपिल शर्मा शो छाड्ने

logo
प्रकाशित २०७३ चैत ८ मंगलबार
comduo.jpeg
एजेन्सी। भारतीय टेलिभिजनको चर्चित कार्यक्रम कपिल शर्मा शोबाट प्रमुख पात्र 'डा. महशुर गुालटी' सुनिल ग्रोवर बाहिरिने पक्का भएको छ। 
 
उनले कपिल शर्मालाई मेन्सन गर्दै ट्विट गर्दै मान्छे रहन र भगवान जस्तो ब्यवहार नगर्न आग्रह गरेका छन्। तपाई आफ्नो क्षेत्रमा सबै भन्दा राम्रो हुनुहुन्छ । 
 
उनले ट्विट गर्दै लेखेका छन् ' तपाईले मलाई गहिरो चोट पुर्‍याउनु भएको छ। तपाईसँग काम गर्दा धेरै सिक्न पाईयो र राम्रो अनुभव रहयो। एउटा सल्लाह मान्छेहरुलाई पनि सम्मान दिन शुरु गर्नुहोस।' 
 
उनले अगाडी लेखेका छन्-' सबै तपाई जतीका क्षमतावान हुन्नन् तर सबै तपाई जतिकै क्षमतावान भएमा तपाईको के मुल्य हुन्छ र कसले मतलब गर्छ ? त्यसैले उनीहरुको उपस्थितीमा नि धन्य हुनुपर्छ।' 
 
'कसैले तपाईलाई सच्चाइरहेको छ भने अपश्ब्द बोलेर उसको अपमान नगर्नुस त्यो पनि एक अपरिचित महिलाको अगाडी जस्लाई हाम्रो बारेमा कुनै वास्तै छैन। ' यो तपाईको शो हो र तपाईले चाहेको गर्नसक्नु हुन्छ भनेर सम्झाईदिएकोमा धन्यवाद' भावुक हुँदै ग्रोवरले लेखेका छन्। 
 
भारतिय सञ्चार माध्यमका अनुसार कपिलको टिम अष्ट्रेलियाबाट मुम्बई फर्कने क्रममा विमानमा सुनिलसँग सामान्य विवादले झगडाको रुप लिएको हो। कपिलले रक्सी पिएर  डा.गुलाटी अर्थात सुनिल ग्रोवरलाई बिना कारण  गाली गरेका थिए । कपिलको गाली सुनेर पनि ग्रोवर  चुप लागेर बसि रहे तर उनलाई कपिलले कुटपिट नै गरे । 
 
सो दृश्यले विमानमा रहेका यात्रुले कपिललाई समाउन खोजे तर सुनिलले रक्सीले पिएका कपिललाई  वास्ता नगर्न आग्रह गर्दै अरुलाई त्यहाँबाट जान आग्रह गरे ।
 
सो घटनाको विषयमा कपिललाई बलिउड लाइफले गरेको प्रश्नमा आफुलालाई याद नभएको प्रतिक्रिया दिएका छन् । साथै उनले भने 'हाम्रो प्रत्येक फ्लाईट ,प्रत्येक ठाउमा लडाइ हुन्छ । यो एक स्वस्थ बहसको रुप हो । हामि राम्रो काम गर्नको लागि लड्छौ ।'  
 
सुनिल ग्रोवरले आफ्नो अभिव्यक्तीमा कतै पनि कपिलले मदिरा सेवन गरेको बारे उल्लेख गरेका छैनन्। तर उनको स्पष्ट संकेत कपिल शर्मा शो छाड्ने भन्ने देखिन्छ। 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ