arrow

अमेरिकाले जहाजमा ल्यापटप र ट्याबलेट लैजान प्रतिवन्ध लगायो

logo
प्रकाशित २०७३ चैत ८ मंगलबार
electric-device-usa.jpeg
न्यूयोर्क । अमेरिकाले विमानमा यात्रा गर्दा विद्युतीय उपकरणहरु क्याबिन ब्यागेजमा लैजान प्रतिवन्ध लगाएको छ । अमेरिकी सरकारी स्रोतलाई उल्लेख गर्दै बीबीसीले मध्यपूर्वी तथा उत्तरी अफ्रिकी आठ राष्ट्रबाट ल्यापटप, ट्यावलेटजस्ता उपकरणमा प्रतिवन्ध लगाएको जनाएको छ । 
 
मोवाइल फोन र स्मार्ट फोन भने क्यारीअन लगेजमा लैजान सकिने जनाइएको छ । गृह सुरक्षा विभाग डीएचएसले यसबारेमा आवाज कम आए पनि यो विषयमा मंगलबार घोषणा गरिने जनाइएको छ ।
 
कुन एयरलाइन्समा बढी यो निर्णय लागु हुनेछ र कति समयसम्म लागु हुनेछ भन्ने अझै खुलेको छैन । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ