arrow

वाणिज्य मन्त्री गौचनले के के गरे ७ महिनामा ?

logo
प्रकाशित २०७३ चैत ७ सोमबार
Minister-for-Commerce-Romi-Gauchan-Thakali.jpeg
काठमाडौं । वाणिज्य मन्त्री रोमी गौचन थकालीले आफ्नो ७ महिने अवधिमा गरेका महत्वपूर्ण कार्यहरुको विवरण सार्वजनिक गरेका छन् । गत भदौं ७ गते वाणिज्य मन्त्रालयमा मन्त्रीको रुपमा पद भार ग्रहण गरेका मन्त्री गौचनले सोमबार मन्त्रालयमा पत्रकारहरुसँग कुराकानी गर्दै आफूले ७ महिनामा सार्वजनिक गरेको कार्यक्रम विवरण सार्वजनिक गरेका हुन् । 
 
कार्यक्रममा मन्त्री गौचनले आफूले वाणिज्य मन्त्रालयको कार्यभार सम्हालेपछि नेपाल व्यापार एकीकृत रणनीति, २०१६ तथा वाणिज्य नीति, २०७२ ले प्रमुख निर्यातजन्य वस्तुका रूपमा पहिचान गरेका वस्तुहरूका अतिरिक्त नेपालको मौलिक पहिचान झल्कने, स्थानीय साधन–स्रोत, सीप र दक्षतामा आधारित तथा परम्परागत सीप नयाँ पुस्तामा हस्तान्तरण हुने वस्तुहरूको विकास र प्रवद्र्धन गरी विश्व बजारमा त्यस्ता वस्तुहरूको पहुँच वृद्धि गर्ने कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए । नेपालको निर्यात बढाउन वाणिज्य मन्त्रालयले जोड दिँदै आएको जानकारी पनि मन्त्री गौचनले दिए । 
 
यसबीचमा नेपालको व्यापार तथा पारवहन क्षेत्रको विकास र सहजीकरणका लागि विभिन्न मुलुकहरुसँग विभिन्न विषयमा सम्झौता तथा समझदारी पत्रहरूमा हस्ताक्षर गरिएको, व्यापार पूर्वाधार संरचनाहरुको विकासका लागि स्वदेशी तथा विदेशी सहयोगमा विभिन्न कार्यक्रमहरु अघि बढाइएको, व्यापार क्षमता विकासका लागि विभिन्न पहलहरु भएको जानकारी पनि मन्त्री गौचनले गराएका थिए । 
 
यस क्रममा खासगरी साना किसानहरू तथा महिला उद्यमी, व्यवसायीहरूबाट सञ्चालित साना तथा मझौला उद्योगहरूबाट उत्पादित वस्तु तथा सेवाको प्रवद्र्धनको कार्यलाई मन्त्रालयले प्राथमिकतामा राखेको, स्वदेशमै उच्च मूल्य अभिवृद्धि हुने तथा दुर्गम र ग्रामीण क्षेत्रका सीमान्तीकृत किसान र महिला दिदीबहिनीहरूको आय र जीवनस्तरमा सुधार ल्याउन योगदान पु¥याउने अलैँची, अदुवा, चिया, कफी, जडिबुटी, औषधीजन्य तथा सुगन्धित वनस्पतिहरूको प्रवद्र्धन र बजार विस्तार लगायतका कार्यका लागि मन्त्रालयले विशेष जोड दिएको पत्रकार सम्मेलनमा मन्त्री गौचनले जानकारी दिए । 
 
त्यस्तै, निजी क्षेत्र, विकास र व्यापारको प्रमुख संवाहक भएको कुरालाई दृष्टिगत गरी निजीक्षेत्र–मैत्री वाणिज्य, लगानी तथा औद्योगिक नीतिहरु कार्यान्वयनमा ल्याउन मन्त्रालय सचेष्ट रहेको कुरा बताउँदै मन्त्रीले मुलुकको व्यापारलाई स्वच्छ, सन्तुलित र मर्यादित ढङ्गले अघि बढाउन तथा अनधिकृत व्यापारलाई नियन्त्रण र निरुत्साहित गर्न निजीक्षेत्रबाट पनि उत्तिकै सहयोग हुनुपर्दछ भन्ने आम्यता आफूहरुको रहेको मन्त्री गौचनको धारणा थियो । 
 
अलैँची, अदुवा लगायतका वस्तुहरूको व्यापारमा समय समयमा देखिएको अवरोधबारे उनले सफा र स्वच्छ हातले गरिएको व्यापारलाई सहजीकरण गर्न मन्त्रालय सदैव तत्पर रहेको तर स्वच्छ व्यापारमा विचलन ल्याउने मनसायले गरिएको व्यापारलाई निरुत्साहित गर्न जरुरी रहेको कुरा औँल्याए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ