arrow

राप्रपाको प्रदर्शनमा कोमल वली पनि घाइते, मोडल अस्पतालमा उपचार हुँदै

logo
प्रकाशित २०७३ चैत ७ सोमबार
komal-oli-ghaite.jpeg

काठमाडौं । निर्वाचन आयोगको निर्णयविरुद्व राप्रपाले गरेको प्रदर्शनको क्रममा पार्टी केन्द्रीय सदस्य एवं चर्चित गायिका कोमल वलीसमेत घाइते भएकी छन् । वलीसहित राप्रपाका १९ नेता कार्यकर्ता घाइते भएका बताइएको छ । घाइते १६ जनाको वीर अस्पताल र तीन जनाको काठमाडौं मोडल अस्पतालमा उपचार भइरहेको पार्टी प्रवक्ता रोशन श्रेष्ठले जानकारी दिइन् ।

प्रवक्ता श्रेष्ठका अनुसार सांसद सइन्द्र वान्तवा, केन्द्रीय सदस्य पुजा शाह, सिर्जना बर्मालगायको वीर अस्पतालमा उपचार भइरहेको छ, भने कोमल वली, सरस्वती अधिकारी र मिना जोशीको मोडल अस्पतालमा उपचार भइरहेको छ । पार्टी अध्यक्ष कमल थापाले अस्पताल पुगेर घाइतेहरुको अवस्थाबारे जानकारी लिएका छन् । राप्रपाले विधानमा रहेको हिन्दुराष्ट्र र संवैधानिक राजसंस्था भन्ने शब्दावली हटाउन निर्वाचन आयोगले गरेको निर्णयविरुद्ध सोमबार देशभरका निर्वाचन कार्यालयमा ज्ञापन पत्र बुझाउने र धर्ना दिने कार्यक्रम राखेकामा आयोगको केन्द्रीय कार्यालय बहादुर भवनमा निषेधित घेरा नाघेको भन्दै प्रहरीले बल प्रयोग गरेको थियो ।

प्रहरीसँगको झडपमा राप्रपाका जेष्ठ नेता पशुपति शमशेर राणा समेत घाइते भएका छन् । झडप भएको खबर सुनेपछि बहादुरभवन पुगेका पार्टी अध्यक्ष कमल थापा समेत धर्ना बसेका थिए । राप्रपाले निर्वाचन आयोग अगाडी प्रदर्शन गरी निर्णयमा पुनःविचार गर्नभन्दै आयोगलाई ज्ञापन पत्र बुझाएको छ । आयोगले निर्णयमा पुनःविचार नगरे राप्रपाले अदालत जाने घुर्की समेत लगाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ