arrow

आयोगको निर्णय विरुद्ध राप्रपाको हेटौडामा पनि प्रदर्शन

logo
सुनिल शिवाकाेटी,
प्रकाशित २०७३ चैत ७ सोमबार
rpp-hetauda.jpg
हेटौडा। निर्वाचन आयोगले राप्रपाको विधानबाट राजतन्त्र र हिन्दुराज्य हटाएको भन्दै हेटौडामा पनि राप्रपाले बिरोध गरेको छ। राप्रपा मकवानपुरले जिल्ला निर्वाचन कार्यालयमा एक घण्टा धर्ना दिनुको साथै ज्ञापनपत्र बुझाएको छ। 
 
हेटौँडा सानोपोखरामा रहेको पार्टी कायलयबाट निस्केको र्‍याली हेटौँडाको मानसचौक, सीमाचोक हुँदै सानोपोखरामा रहेको निर्वाचन आयोगको कार्यालयमा पुगेर मकवानपुरका निर्वाचन अधिकृत गोविन्दप्रसाद पौडेललाई ज्ञापनपत्र बुझाईएको हो। 
 
र्‍याली तथा धर्ना कार्यक्रममा राप्रपाका केन्द्रीय सदस्य दिपकबहादुर सिंह, पुर्व केन्द्रीय सदस्य मधु अधिकारी, नवराज विष्ट राप्रपा मकवानपुरका अध्यक्ष रामहरी न्यौपाने लगाएतको उपस्थिती रहेको थियो।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ