arrow

‘रक एण्ड रोल’ लिजेन्ड चुक बेरी रहेनन्

logo
प्रकाशित २०७३ चैत ६ आइतबार
rock-and-roll.jpeg
मिसौरी । ‘रक एण्डद रोल’ लिजेन्ड चुक बेरीको निधन भएको छ । उनको ९० वर्षको उमेरमा निधन भएको अमेरिकास्थित मिसौरी प्रहरीले पुष्टि गरेको छ ।
 
सेन्ट चार्लस काउन्टी प्रहरीले शनिबारको खाना खाने समयमा उनलाई प्रतिक्रियाविहीन अवस्थामा फेला पारेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन् । 
 
बेरीले सात दशकको करियरमा उनले थुप्रै गीतमा संगीत भरेका थिए । उनले सन् १९८४ मा ग्रामी लाइफटाइम अचिभमेन्ट अवार्ड पनि हात पारेका थिए । 
 
उनको रक एण्ड रोलले विश्व संगीतलाई नै तरंगित गरेको थियो । उनको सन् १९८६ मा आएको रोल हल अफ फेम पनि चर्चित बनेको थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ