arrow

सिरियामा हवाई आक्रमण, ४२ जनाको मृत्यु, कैयौं घाइते

आक्रमणमा सिरिया, रुस वा अमेरिकाको हात

logo
प्रकाशित २०७३ चैत ४ शुक्रबार
syria.jpeg
एलेप्पो । उत्तरी सिरियामा सेनाले गरेको हवाइ आक्रमणमा ४२ जना मारिएका छन् । एलेप्पो राज्यस्थित विद्रोहीको कब्जामा रहेको अल–जिनेह मस्जिदमा गरिएको हवाई आक्रमणमा उनीहरु मारिएको बीबीसीले जनाएको छ । 
 
मानवअधिकारवादी संस्था सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले मृतकहरुमा धेरैजसो सर्वसाधारण भएको जनाएको छ । आक्रमण कसले गर्‍यो भन्ने अझै प्रष्ट भएको छैन ।
 
यद्यपि सो क्षेत्रमा रुसी र सिरियाली युद्ध विमानहरु भने सो क्षेत्रमा घुमिरहेको बताइएको छ ।
 
त्यस्तै सो आक्रमण भएको क्षेत्रमा लामो समयदेखि अमेरिकाले पनि निशाना बनाउँदै आएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ