arrow

संस्कृति जगेर्नामा आदर्श मावि

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७३ चैत ३ बिहिबार
IMG_6692-aadrsa-school.jpeg
स्याङ्जा । जिल्लाको वालिङ स्थित नेपाल आदर्श अंग्रेजी आवासिय माविले नयाँ पुस्तालाई पुरानो संस्कृति र भेषभुषा नविर्सन आग्रह गरेको छ । विद्यार्थीहरुमा समानताको भावना जागृत गराउने उदेश्यले विद्यालयमा आयोजित कार्यक्रममा विभिन्न जातजातिका विद्यार्थीहरु आ—आफ्नो परम्परा अनुसारको भेषभुषामा ठाटिएका देखिन्थ्ये । यो पनि शैक्षिक क्रियाकलापको एक अंश हो, विद्यालयका शिक्षक अरुण अर्यालले भने, “सु—संस्कृति र अनुसासन सिकाउन यस्ताखाले कार्यक्रम उपयोगी हुने छ ।” सधै विद्यालय पोषाकमा टाई बाधेर आउने अधिकांश विद्यार्थीहरुको घाटीमा टाई थिएन, बरु उनीहरुको टाउकोमा नेपाली स्वाभिमानको प्रतिक ढाका टोपी देखिन्थ्यो । 
 
गुन्यू चोली र पटुकीमा सजिएका छात्राहरु आ—आफ्नो जातीय परम्परा अनुसारको पहिरनमा थिए । नेपाली लवेदा सुर्वाल र कोटमा सजिएका प्रिन्सिपल होमकान्त गौतमले भने, “हाम्रो पोशाक यस्तो थियो भनेर तस्विरमा देखाएर पढाउनु भन्दा प्रयोगात्मक रुपमा सबैलाई एकै ठाँउमा फरक पहिरनमा उभ्याउदा अनेकतामा एकताको वास्तविक रुपमा महशुष गर्न पायौं ।” 
 
व्रिटिस काउन्सिलको परियोजना अन्तरर्गत काम गर्ने योजना अनुरुप संचालित अनेकतामा एकता भेषभुषा प्रदर्शनी कार्यक्रमको उदघाटन गर्दै जिल्ला शिक्षा कार्यालय स्याङ्जाका प्रतिनिधि स्रोत व्याक्ति भोजराज गुरुङ्ले नयाँ खालको स्राहनिय कार्यक्रम भएकाले अरु विद्यालयहरुले समेत यसको अनुसरण गर्नुपर्ने बताए । कार्यक्रमलाई सम्वोधन गर्दै प्याव्सन केन्द्रिय सदस्य अमृत अर्यालले सम्पती भन्दा संस्कृति ठुलो हुदा आफ्नो सम्पदा र संस्कृति नभुल्न विद्यार्थीहरुलाई आग्रह गरे ।
 
 गुरुङ् पहिरनमा घलेक भिरेर सजिएका कार्यक्रम टिकराज गुरुङ् र मुस्लिम पहिरनमा सजिएकी शिक्षिका एकै ठाँउमा उभिदा पृथ्वीनारायण शाहाले भने जस्तै नेपाल चारजात छत्तिस वर्णको साझा फुलवारी हो भन्ने उदगार सार्थक हुन पुगेको आभास हुन्थ्यो । उक्त कार्यक्रमलाई स्वागत गर्दै विद्यालयका सहायक प्रिन्सिपल अर्जुन कडेलले विद्यार्थीहरुले आफ्नो परम्परा नविर्सुन र पुर्विय दर्शन अनुसारको अनुशासनमा रहुन भनेर कार्यक्रमको आयोजना गरिएको बताए ।  बेला बेलामा रचानात्मक काम गर्दै आएको आदर्शले पोशाक प्रदर्शनीले नेपाल र नेपालीको एकताको भावना सिकाएको छ ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ