arrow

पार्टीको अस्तित्व जोडिएको खानेपानीको चुनावमा काँग्रेस, नयाँ शक्ति र फोरमको प्यानल

अर्को प्यानलमा मिले एमाले र माओवादी, ३ भाइबीच प्रतिस्पर्धा

logo
शरद रेग्मी,
प्रकाशित २०७३ चैत ३ बिहिबार
dang_tulsipur.jpeg
दाङ । दाङमा तुलसीपुर खानेपानी संस्थाको नयाँ नेतृत्वका लागि हुनलागिरहेको निर्वाचन आउन २ दिन मात्र वाँकी रहँदा चुनावी सरगर्मी वढ्न थालेको छ । लामो समयदेखि निर्वाचनको पर्खाईमा रहेका तुलसीपुरवासी र राजनितिक दलहरु खानेपानी संस्थाको निर्वाचनलाई आगामी स्थानीय तहको निर्वाचनको अभ्यासको रुपमा समेत आकलन गरेका छन् । 
 
राजनीतिक दलहरुले आआफ्नो समर्थनमा प्यानल नै खडा गरेर खानेपानीको निर्वाचनमा होमिएका हुन् । यो निर्वाचनलाई पार्टीको अस्तित्वको रुपमा हेरिएको छ । अहिलेको प्रमुख राजनीतिक दल नेपाली कांग्रेसले लोकतान्त्रिक प्यानल खडा गरेको छ भने दोस्रो ठुलो दल एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा लगायतका दलहरुले संयुक्त प्यानल खडा गरेर चुनावी अभियानमा होमिएका छन् । 
 
दाङका ५ वटै निर्वाचन क्षेत्रमा विजय हाँसिल गरेको नेपाली कांग्रेसले खानेपानी संस्थामा पनि आफ्नो प्रभाव देखाउन पार्टीका सवै तह र तप्कालाई परिचालन गरेको छ । खानेपानीको निर्वाचनमा जसरी भएपनि लोकतान्त्रिक प्यानललाई विजयी वनाउन पार्टीका सवै नेताहरु एक भएर लागेका छन् । 
 
नेपाली कांग्रेस, नयाँ शक्ति पार्टी, फोरम लोकतान्त्रिक लगायतका दलहरुको समर्थनमा यमकान्त भण्डारी नेतृत्वको लोकतान्त्रिक प्यानल र नेकपा एमाले, नेकपा माओवादी केन्द्र, विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी लगायतको समर्थनमा खेमराज वली नेतृत्वको संयुक्त प्यानल र स्वतन्त्र उम्मेदवार दिपक धितातबीच नयाँ नेतृत्वका लागि प्रतिस्पर्धा हुन लागेको हो ।
 
यता यमकान्त भण्डारी नेतृत्वको लोकतान्त्रिक प्यानलले विहिवार तुलसीपुर वजारमा विशाल ¥याली एवं घरदैलो कार्यक्रमको आयोजना गरेको छ । ¥यालीमा नेपाली कांग्रेसका जिल्ला सभापति कृति वहादुर खड्का, निवर्तमान सभापति घनश्याम रेग्मी, कांग्रेस नेता एवं सांसद् डिल्ली वहादुर चौधरी, पुर्व सांसद् गेहेन्द्र गिरी लगायतका नेताहरु सशक्त रुपमा लागेका छन् । 
 
आजको घरदैलो कार्यक्रममा युवाहरुको उल्लेख्य मात्रामा सहभागिता रहेको छ । युवा परिचालन समितिका संयोजक टिका घर्तिको नेतृत्वमा नेविसंघ निवर्तमान केन्द्रीय सदस्य युवराज खड्का, तरुण दल जिल्ला सदस्य विवेक मल्ल लगायत सैयौं युवा तथा विद्यार्थी नेताहरु, तुलसीपुर वाणीज्य संघका अध्यक्ष विमल रिजालको नेतृत्वमा सयौं उद्योगी व्यवसायीहरु, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप महासचिव शुरेस हमालको नेतृत्वमा सैंयां यातायात व्यवसायीहरु सहभागी रहेको प्रचार प्रसार समितिले जानकारी दियो । 
 
बजार केन्द्रीत यो घरदैलो तथा प्रचार प्रसार भोलि बेलुकासम्म जारी रहने लोकतान्त्रिक प्यानलका मुल आयोजक समितिका संयोजक महादेव शाहले जानकारी दिए । प्रचार प्रसार टोलीले बिहीबार तुलसीपुर बजारका विभिन्न भागमा पुगेर लोकतान्त्रिक प्यानललाई विजयी वनाउन अपिल समेत गरेको छ । सुरुवातमा प्रचार प्रसारका लागी गाउँ र वजार वाहिर गएका सवै प्यानलको प्रचार प्रसार वजार केन्द्रीत हुन लागेको हो ।
 
यता नेपाली कांग्रेस दाङले यस अघि नै यमकान्त भण्डारी नेतृत्वको लोकतान्त्रिक प्यानललाई विजयी वनाउनका लागि आआफ्नो ठाउँबाट सहयोग गर्न पार्टीका नेता कार्यकर्ता, शुभचिन्तक तथा सम्पूर्ण मतदाताहरुमा अपिल गरिसकेको कांग्रेस जिल्ला सदस्य सुरेन्द्र खड्काले जानकारी दिए । खेमराज वली नेतृत्वको संयुक्त प्यानल र दिपक धिताल नेतृत्वको स्वतन्त्र प्यानल पनि वजारका विभिन्न ठाउँमा प्रचार प्रसार गर्न व्यस्त छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ