arrow

[गजल] देश लुट्ने संघीयता किन चाहियो ?

logo
शैलेन्द्र कुमार थापा,
प्रकाशित २०७३ फागुन २७ शुक्रबार
देश लुट्ने संघीयता किन चाहियो
साथ छुट्ने संघीयता किन चाहियो ??
 
बस्नु पर्ने मिलेर हो आपसमा सब
नाता टुट्ने संघीयता किन चाहियो ??
 
स्वार्थ मात्र समुहका हावी अनेक
जन भुट्ने संघीयता किन चाहियो  ??
 
अर्ति दिने अन्तै आफ्ना गोटी बनेर
यता कुट्ने संघीयता किन चाहियो ??
 
जोड्ने भने फाट्या मन उपचार खै
ति न'खुट्ने संघीयता किन चाहियो ??
 
मातृभूमि रुदा आँसु पुछौँ मिलेर
छैन फुट्ने संघीयता किन चाहियो ??
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ