arrow

अष्ट्रेलियामा नेपाली खाना प्रवर्द्धन: 'सेफ्स पप अप डिनर'

logo
प्रकाशित २०७३ फागुन २७ शुक्रबार
australia-food.jpeg
(ब्रिसबेन) अष्ट्रेलिया। युनिग्लोव विजनेस ग्रुप तथा क्युइनस्फोर्ड कलेजको सहर्काय र टु टेबलको आयोजनामा अष्ट्रेलियाको व्रिस्वेनमा एकदिनको नेपाली खाना प्रवद्र्धन कार्यक्रम मंगलबार सम्पन्न भएको छ। ’सेफ्स पप अप डिनर’ नाम दिइएको उक्त कार्यक्रममा नेपाली परम्परागत खानालाई आधुनिक शैलिमा फ्युजन गरी प्रश्तुत गरीएको थियो। कार्यक्रममा नेपाली मौलिक खानालाई अन्तराष्ट्रिय  जगतमा अभिवृद्धि र्गदै नेपालको र्पयटक व्यवसायलाई समेत योगदान दिने उद्देश्य राखीएको थियो। बरिष्ठ तबला बादक धिरेन्द्र श्रेष्ठको समुहको सुमधर संगितले कार्यक्रमलाई थप नेपालमय बनाएको थियो।
 
नेपाली युवा व्यवसायीहरुले संचालन गरेको प्रख्यात रेष्ट्रुरेण्ट क्याफे ६३, स्टेनली स्ट्रीटमा सम्पन्न उक्त कार्यक्रमा सुरज प्रधान, शिशिर कंडेल, निरज प्रधान लगायतका सेफहरुको टिमले विविध खालका स्वादिष्ट परिकारहरु पस्किएका थिए।
 
अष्टेलियमा विविध पेशा र व्यवसायमा आवद्ध नेपालीहरुले कार्यक्रमलाई आपसी भेटघाट र मेलमिलाप थलोको रुपमा प्रयोग गरेका थिए। कार्यक्रमा क्युनस्फोर्ड कलेजका कमर्सीयल कुकरी विभागका प्रमुख स्टेफन फरलंगले नेपालीखानाका परिकार र कलात्मक प्रस्तुतीले आफु लोभीएको बताय। त्यस्तै गरी आयोजक सस्था टु टेवलका सेफहरु शिशिर कंडेल र सुरज प्रधानले परम्परागत नेपाली खानाको महत्व र त्यसको आधुनिक प्रस्तुतीको आवस्यकता र महत्वको बारेमा प्रकाश पारेका थिए।
 
नेपाली खानालाई फ्युजन गरेर प्रस्तुत गर्दा यसको महत्व र अन्तराष्ट्रिय पहिचानमा सहयोग पुग्ने उनिहरुको धारणा थियो। यसै गरि युनिग्लोव विजनेश ग्रुपका निर्देशक उमेश खड्का र क्याफे ६३ का संचालक रोशन कंडेलले यस्तो कार्यक्रम अष्टेलियामानै पहिलो चोटी आयोजना गरिएको र अवका दिनमा यसलाई अझ विशाल, व्यवस्थित र भव्य रुपमा संचालन गर्नको लागि थप उर्जा प्रप्त भएको बताएका थिए।
 
साँझ साढे पाँच बजे देखि शुरु भएको सो कार्यक्रमा भुटेको तथा पोलेको मकै, मोही, मकैको रोटी, ट्राउट माछा, चुकौनी, काक्रा गुन्दु्रकको अचार, खसिको मासु कोदाको ढिडो र जुजुधौ दहि लगायतका परिकाहरुको व्यावस्था गरिएको थियो।
 
कार्यक्रमा व्रिशवेन स्थित नेपाली शैक्षिक परामर्शदाताहरु, कलेज तथा विश्वविद्यालयका प्रतिनिधीहरु लगायत दुई सय भन्दा बढिको सहभागिता रहेको थियो । आयोजकले आगामी अप्रिलमा अष्ट्रेलियाको सिड्नीमा वृहत नेपाली खाना महोत्सवको आयोजना गरिने बताएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ