arrow

म‌ंगलबारपनि पोलियो थोपा खुवाईदै

logo
प्रकाशित २०७३ फागुन २४ मंगलबार
polio-drop.jpeg
काठमाडौं । काठमाडौका तीन र तराईका १२ सहित १५ जिल्लाका पाँच बर्षमुनीका बालबालिकालाई म‌ंगलबारपनि पोलियो थोपा खुवाईदै छ । गत २१ र २२ गतेका लागि मात्रै तय गरिएको पोलियो थोपा खुवाउने कार्यक्रम केहीदिनका लागि थप गरिएकाले मंगलबारपनि खुवाउन पाईने भएको हो । 
 
नेपाललाई पोलियो उन्मुलन सुनिश्चित गर्न कैलाली, बर्दिया, बाँके, कपिलबस्तु, पर्सा, बारा, रौतहट, धनुषा, महोत्तरी, सप्तरी, सिराह, सुनसरी, काठमाडौ, भक्तपुर र ललितपुरमा पोलियो थोपा खुवाउने कार्यक्रम जारी रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 
 
स्वास्थ्य चौकीहरुमा आफुहरु नै इन्चार्ज ह’न पाउनु पर्ने र आफुहरु भन्दा बढी योग्यता भएपनि एच ए लाई इन्चार्ज बनाउन नहुने माग गर्दै मन्त्रालय अन्तर्गत कार्यरत केही अहेबहरुले पहिलो दिन पोलियो थोपा खुवाउन केही ठाउमा अवरोध गरेका थिए । 
 
उनीहरुको अवरोधकै कारण बालबालिकाहरु पोलियो थोपा खान बन्चित भएकाले मन्त्रालयले पोलियो थोपा खुवाउने कार्यक्रम केहीदिनका लागि थप गरेको हो । १५ जिल्लामा ५ बर्ष मुनीका झण्डै १६ लाख बालबालिका रहेकाले उनीहरले नखाएसम्म पोलियो थोपा खुवाउने कार्यक्रम जारी रहने मन्त्रालयले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ