arrow

महासंघमा चौतारी र युनियनको प्रतिष्पर्धा, कहाँ कस्ले जीते(नामावली सहित)

logo
प्रकाशित २०७३ फागुन २३ सोमबार
FNJ_building.jpeg
काठमाडौं। नेपाल पत्रकार महासंघको विभिन्न जिल्ला, प्रतिष्ठान शाखा र एशोसियटसको चुनाव सकिएको छ। ४२ वटा जिल्ला शाखाहरुको चुनावी परिणाम आएको छ । हिमालयन टिभी, नेपाल एफएम २ वटा प्रतिष्ठान शाखा र एक एशोसियटस अनलाइन पत्रकार संघको चुनाव पनि सकिएको छ। सुदुरपश्चिमका केही जिल्लामा सोमबार निर्वाचन हुँदैछ । काठमाडौ, भक्तपुर, ललितपुर, कर्णाली, अधिकांश प्रतिष्ठान र एशोसिएटको चुनाव हुन बाँकी छ । कतिपय जिल्लामा विवादका कारण निर्वाचन हुन बाँकी छ । 
 
चुनाव भएका भनिएका कतिपय जिल्लामा पनि विवाद छ। इलाम र ताप्लेजुङको चुनावप्रति असहमती जनाएर आमरण अनशन बसेका पत्रकारहरुको माग सम्वोधन गर्ने क्रममा ति जिल्लाको अधिवेशनको बारेमा पूनर्विचार गर्ने महासंघ नेतृत्वले सहमति जनाएको छ। इलाम र ताप्लेजुङको चुनाव विवादमा छ । 
 
सोमबार बिहानसम्मको परिणामअनुसार एमालेनिकट पत्रकारहरुको संगठन प्रेस चौतारी र नेपाली कांग्रेसनिकट पत्रकारहरुको संस्था प्रेस युनियन प्रतिष्पर्धामा छन्। यद्यपी चौतारी केहि जिल्लामा अगाडी देखिएको छ । चौतारीले २१ स्थानमा अध्यक्ष जितेको छ । नेपाली कांग्रेसनिकट पत्रकारहरुको संस्था प्रेस युनियनले १५ स्थानमा अध्यक्ष जितेको छ ।
 
त्यस्तै माओवादी निकट पत्रकार संगठन प्रेस सेन्टरले ६ वटा जिल्लामा अध्यक्ष जितेको छ । डा.बाबुराम भट्टराईको नयाँ शक्ति निकट प्रेस सोसाइटीले एउटा जिल्लामा अध्यक्ष जितेको छ । रुकुममा गणेश चिन्तनले सोसाइटीबाट महासंघको अध्यक्ष हात पारेका छन् । सद्भावना पार्टी निकट प्रेस मञ्चका महासचिव विश्वनाथ ठाकुर सर्लाहीको अध्यक्षमा निर्वाचित भएका छन् ।  त्यस्तै उपेन्द्र यादव नेतृत्वको संघीय प्रेस फोरमले ओखलढुंगामा शाखा अध्यक्ष जितेको छ । त्यहाँ दीपेन्द्र रुम्दाली अध्यक्ष बनेका छन् । 
 
सदस्यता विवादका कारण १४ जिल्लामा निर्वाचन स्थगित भएको छ । मनाङ/मुस्ताङमा मौसमका कारण निर्वाचन हुन सकेको छैन । बाजुरा, बझाङ, बैतडी, डडेलधुरा र कञ्चनपुर लगायतका जिल्लाको नतिजा आउनेक्रममा छ । सोमबार यी जिल्लामा अधिवेशन भइराखेको छ ।
 
प्रेस चौतारीले जितेका २१ स्थान र अध्यक्ष
पर्सा- श्याम बञ्जरा
मकवानपुर-हरि हुमागाई
ताप्लेजुङ-राजेन्द्र श्रेष्ठ
धादिङ -नवराज छतकुली
दोलखा- जीवन लामा
दाङ- सबिन प्रियाशन
रसुवा-हेमनाथ खतिवडा
उदयपुर-भरत खड्का
बाँके -ठाकुर सिंह थारु
इलाम-कोकिला ढकाल
मोरङ- बन्धु पोखरेल
कास्की- दिपेन्द्र श्रेष्ठ
अर्घाखाँची- हिम बहादुर जिसी
खोटाङ्ग-दमन राई
म्याग्दी- तारानाथ शर्मा
गुल्मी- नवराज भुषाल
लम्जुङ-आश गुरुङ
बागलुङ- दिल श्रीष
दार्चुला- शंकर धामी
हिमालयन टिभी -वाई बी घिमिरे
नेपाल एफएम- बैकुण्ठ ढकाल
 
प्रेस युनियनले जितेका १५ स्थान र अध्यक्ष
सिन्धुली-राजन कार्की
सुनसरी-अमर खड्का
गोरखा- किशोरजंग थापा
पर्वत- छविलाल तिवारी
धनकुटा-राजेश्वरबाबु श्रेष्ठ
सिन्धुपाल्चोक- महेश श्रेष्ठ
नवलपरासी-होमराज रानाभाट
रामेछाप-रमेश ढुंगेल
संखुवासभा-इन्द्र गिरी
तेह्रथुम- नरेश ढुंगाना
कैलाली- जगत साउद
डोटी-योगेन्द्र बलायर
वर्दिया- राजेन्द्र प्रसाद धिताल
महोत्तरी- कमलेश मण्डल 
अनलाइन पत्रकार संघ-शिव सत्याल
 
प्रेस सेन्टरले जितेका ६ स्थान र अध्यक्ष
धनुषा- अनिल मिश्र
कपिलवस्तु- डिल्लीराम भुसाल
सल्यान- प्रतिक इच्छुक शर्मा
रुपन्देही-यानेन्द्र जिसी
प्युठान- महाबीर राना
झापा- तारामणि सापकोटा
 
प्रेस सोसाइटी
रुकुम- गणेश चिन्तन
 
सद्भावना पार्टी निकट प्रेस मञ्च
सर्लाही- विश्वनाथ ठाकुर 
 
संघीय प्रेस फोरम
ओखलढुंगा- दीपेन्द्र रुम्दाली  
 
चुनाव हुन नसकेका १४ जिल्ला
पाल्पा, स्याङ्जा, तनहु, पाँचथर, चितवन, नुवाकोट, रोल्पा, सुर्खेत, काभ्रे, दैलेख, जाजरकोट, बारा, सिराहा र सप्तरी ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ