arrow

'जापानमा नेपाली महिला कुनै न कुनै हिंशाको शिकार बन्न बाध्य'

पीडा बाहिर ल्याउने माध्यमको खोजी

logo
सांगिता कुँवर,
प्रकाशित २०७३ फागुन २३ सोमबार
Japan_nepali_wemen.jpeg
जापान । प्रवास रहेर पनि राजनीति,पत्रकारिता एवम सामाजिक संस्थामा महिलाको सहभागीता कम भएकोमा एक कार्यक्रमका बक्ताहरुले गुनासो गरेका छन् । १०७ औँ अन्तर्राष्ट्रिय महिला दिवसको पुर्व सन्ध्यामा महिला समुह जापानले आयोजना गरेको 'जापानका संघसंस्थामा महिलाको सहभागीता' बिषयक अन्तर्क्रिया कार्यक्रमका सहभागीले यस्तो वताएका हुन् ।  
 
सहभागीले जापानमा रहेका अधिकाशं महिला कुनै न कुनै हिसांको शिकार बन्न बाध्य भएपनि त्यो पीडा बाहिर ल्याउने माध्यम नभएको बताएका थिए । कार्यक्रममा बोल्दै नेपाली राजुदतावास जापानका तृतिय सचिव रेवन्त केसीले महिलाहरु पनि अधिकारका लागी स्वयम सक्षम  बन्नुपर्ने कुरामा जोड दिए।
 
एनआरएनए जापानका अध्यक्ष सुदन थापाले महिलाहरुका पिडा गुनासा जापानमा धेरै आउने गरेकोर ति पिडामा मलम थप्ने प्रयास सधै रहने बताउदै आगामी दिनमा अधिकारका लागी महिलाहरुको आवाज एक हुनुपर्ने बताए। एनआरएनए महिला सदस्य कालिका थापाले महिला महिला बिचको एकता हुनुपर्ने बताउदै प्रवासमा रहेका पिडित महिलालाई पनि उद्दार र न्यायको लागी हामी महिला शक्ति एकजुट हुनुपर्ने बताइन्। 
 
नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य पवनबर्षा शाहले सचेत शिक्षित महिला परिवर्तनको लागी राजनितिमा होमिन अनुरोध गर्नुभयो । लोकतन्त्रमा राजनिति परिवर्तनको पाटो भएकोले राजनितिमा लाग्न उनको अपिल थियो । 
 
जापानका लागी नेपाली पर्यटन दुत अनुज थापाले पुरुषहरुले जन्मदिने आमा जस्तै संझेर महिलालाई पनि अबसरका लागी प्रोत्साहन गर्न आग्रह गरे। राजनितिक दलका प्रतिनिधिहरुले देशको प्रमुख तहमा महिलाको प्रतिनिधित्व रहेकोले अब सबै महिला आफु पनि नेतृत्व संहाल्न सक्छु भनेर अगाडी बढ्नु पर्ने बताएका थिए । 
 
कार्यक्रममा जनसंम्पर्क समिति जापानका कार्यवाहक अध्यक्ष राजेन्द्र जमरकट्टेल,ओएनएफ जापानका सचिव जिवन अर्याल, अन्तराष्ट्रिय नेपाली समाज जापानका अध्यक्ष पदम ठगुन्ना, नेपाल पत्रकार महासंघ जापानका उपाध्यक्ष बेलकाजी थापा , अनेसास जापानका महासचिव दिप पाठक, एभरेष्ट स्कुलका शिक्षिका जानुका खतिवडा, ईन्दु गौतम लगाएतले शुभकामना तथा प्रवासमा महिला सहभागीताको बारेका मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रम कमला काप्रिको स्वागत मन्तव्य कार्यक्रम संयोजक सरिता ढकालको अध्यक्षतामा संम्पन्न भएको थियो । कार्यक्रममा कलाकार तथा जापानमा कलम चलाउदै गरेका महिला पत्रकारलाई प्रोत्साहन स्वरुप सम्मान समेत गरिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ