arrow

नेविस‌ंघकाे विजयी लहर : ५ क्याम्पसमा काे काे बने सभापति ?

logo
प्रकाशित २०७३ फागुन १४ शनिबार
nebisangh-bidad.jpg.jpeg
काठमाडौं । देशभर शनिबार भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा देशभरका विभिन्न ५ क्याम्पसमा नेपाल विद्यार्थी संघका उम्मेदवारहरु निर्वाचित भएका थिए । विभिन्न जिल्लामा भएको निर्वाचनमा कतै नेविसंघको एकल प्यानल तथा कतै नेविसंघका उम्मेदवारहरु संयुक्त प्यानलबाट विजयी भएका हुन् । 
 
यसरी विजयीहुनेमा धादिङका दुई क्याम्पस सहित बैतडी, काभ्रे र लम्जुङ समेत  रहेको छ । बैतडीको गोकुलेश्वर कृषि क्याम्पसमा नेविसंघका राजेन्द्र बमको प्यानल विजयी भएको छ । 
 
त्यस्तै, काभ्रेको प्रकाश बहुमुखी क्याम्पसमा पनि नेविसंघकी तृष्णा पन्त उप्रेतीको प्यानल नै विजयी भएको हो । उता, नीलकण्ठ बहुमुखी क्याम्पस धादिङवेसीका सरोजराज पाण्डे  र  धादिङकै मच्छिन्द्र बहुमुखी क्याम्पस खानिखोलाका प्रमोद गिरीको प्यानल बिजयी भएको हो  ।  त्यस्तैगरी, मंगला क्याम्पस सोतिपसल लम्जुङमा नेविसंघकै बिश्व नाथ मिश्राको प्यानल  विजयी भएको विभिन्न जिल्लाका नेविसंघ नेताहरुले जानकारी दिएका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ