arrow

निर्वाचन घोषणासँगै मधेशी मोर्चा आन्दोलनमा, बुधबार मधेश बन्द

logo
प्रकाशित २०७३ फागुन ९ सोमबार
morcha.jpeg
काठमाडौं । सरकारले स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेलगतै मधेसी मोर्चाले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । मोर्चाको सोमबार साँझ बसेको बैठकले आन्दोलनका कार्यक्रम घोषणा गरेको हो । यद्यपि मोर्चाले संविधान संशोधन प्रक्रिया अघि बढे स्थानीय चुनावमा सहभागी हुनसक्ने संकेत दिएको छ । 
 
मोर्चाले मंगलबार १० गते मधेसका हाट बजार र सदरमुकाममा मसाल जुलस निकाल्ने र वुधबार ११ गते मधेस बन्द गर्ने घोषणा गरेको छ । १२ गतेदेखि १५ दिनसम्म गाउँ, नगर सदरमुकामहरुमा भण्डाफेर अभियान चलाउने निर्णय भएको सद्भावना महासचिब मनिष सुमनले जानकारी दिए ।
 
मोर्चाले सरकारले चुनाव घोषणा गरेसँगै विरोध  गर्ने जनाउँदै आएको थियो । पटकपटक मोर्चालाई मनाउने प्रयास गर्दा पनि मोर्चासँग सहमति नभएपछि सरकारले सोमबार बैशाख ३१ गते निर्वाचन गर्नेगरी मिति घोषणा गरेको हो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ