arrow

निर्वाचनको मिति वैशाख ३१ लाई प्रस्ताव

logo
प्रकाशित २०७३ फागुन ९ सोमबार
cabinet-naya-news-aa.jpeg

काठमाडौं । निर्वाचनको मिति घोषणा गर्न भन्दै बालुवाटारमा मन्त्रिपरिषद् बैठक बसेको छ । बैठकमा निर्वाचन आयोगले प्रस्ताव गरको वैशाख ३१ गतेको मिति प्रस्ताव भएको बताइएको छ ।

मन्त्रिपरिषद् बैठक बस्नु अघि प्रधानमन्त्री पुष्पकमल दाहालसँगको परामर्शका क्रममा निर्वाचन आयोगका पदाधिकारीले वैशाख ३१ को मिति प्रस्ताव गरेका हुन् । सोही प्रस्ताव मन्त्रि परिषद् बैठकमा पेश भएको र निर्णय आउन बाँकी रहेको स्रोतले जानकारी दिएको छ ।

यसअघि आयोगले जेठ १ र २१ गतेलाई स्थानीय तहको निर्वाचन गर्न सकिने प्रस्ताव गरेको थियो । सत्ताधारी काँग्रेसले वैशाखमै निर्वाचन हुनुपर्ने अडान राख्दै आएको थियो भने, प्रमुख प्रतिपक्षी एमालेले समेत चाँडै निर्वाचन गर्नु पर्ने दबाब दिँदै आएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ