arrow

पर्यटन विकासमा नीजि क्षेत्रको भुमिका महत्वपूर्ण : राष्ट्रपति

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७३ फागुन ९ सोमबार
rastapati-at-syangja.jpeg
स्याङ्जा।  राष्ट्रपति विद्यादेवि भण्डारीले नेपालमा पर्यटकीय क्षेत्र र होमस्टेका लागि नीजि क्षेत्रले खेलेको भुमिका महत्वपूर्ण रहेको बताएकी छन् । नेपालको पहिलो पर्यटकीय गाँउ स्याङ्जाको सिरुवारीमा निर्माण गरिएको विश्व शान्ति ओम तमु बुद्धि गुरुङ तमु संग्राहालयको उदघाटन गर्दै पर्यटन प्रवद्र्धनमा नीजि क्षेत्रले देखाएको भुमिका महत्वपूर्ण भएको बताएकी हुन् । 
 
राष्ट्रपति भएपछि पहिलो पटक स्याङ्जाको सिरुवारीमा आएकी भण्डारीले अनेक जातजातीका आ—आफ्नै कला र संस्कृति रहेको पनि बताईन । कला र संस्कृतिले धनी देश नेपाल हो राष्ट्रपति भण्डारीले भनिन्,“यसको उजागर गर्न नीजि क्षेत्रले महत्वपूर्ण भुमिका खेलेको छ ।” यसलाई जोगाइराख्न सरकारले नीजिक्षेत्र सगँ साझेदार गरेर अगाडी बढ्न राष्ट्रपति भण्डारीले आग्रह गरिन् । 
 
लोप हुन लागेका कला र संस्कृतिलाई बचाउन सरकारले ठोस कदम चाल्न पनि भण्डारीको भनाई थियो । आफ्नो कला र संस्कृतिलाई गुरुङ् समुदायले बचाई राख्न भुमिका खेलेको भन्दै राष्ट्रपति भण्डारीले पर्यटकीय गाँउ सिरुवारीले पर्यटन विकासमा खेलेको भुमिका अतुलनीय हुने छ । पर्यटन विकास र पाठशालाको रुपमा मुलुकलाई अगाडी बढाउन सिरुवारीको भुमिका महत्वपूर्ण रहेको राष्ट्रपति भण्डारीको भनाई छ । 
 
सुनदर मुलुकलाई सुन्दर बनाउने दायीत्व हामी सबैको रहेको बताउदै राष्ट्रपति भण्डारीले पर्यटकीय क्षेत्रको विकास गर्न सकिएमा मुलुक आर्थिक, सामाजिकरुपमा समृद्ध बन्ने बताइन् । मुलुकको आर्थिक समृद्धिका लागि पर्यटकीय क्षेत्रको विकास गर्नु नै हो भन्ने धारणा राष्ट्रपति भण्डारीको भनाई थियो । मुलुकमा देखिएको संक्रमणकालिन अवस्थाको बारेमा भने राष्ट्रपति भण्डारीले केही वोलीनन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ