arrow

तीन सातापछि कुश्मा–बेलवा यान्त्रिक पुल सञ्चालन

logo
प्रकाशित २०७३ फागुन ९ सोमबार
yantrik-pool.jpeg
फलेवास । मर्मतका लागि बन्द गरिएको मुलुककै पहिलो केबुलकार मोडेलको कुस्मा बलेवा यान्त्रिक पुल तीन सातापछि सञ्चालनमा आएको छ । 
 
यान्त्रिक पुलको लट्ठामा प्राविधिक समस्या देखिएका कारण गत माघ १७ गतेदेखि बन्द गरिएको यान्त्रिक पुल आइतबारदेखि नियमित रुपमा सञ्चालनमा आएको हो । 
 
पुलले हरेक डेढ–दुई वर्षमा मसिनो लट्ठा परिर्वतन गर्दै आएको छ । पुलको लट्ठामा समस्या देखिएपछि बन्द गरिएको सेवा लट्ठा परिर्वतन गरी सञ्चालन गरिएको कुश्मा बलेवा यान्त्रिक पुल लिमिटेडका अध्यक्ष होमनारायण श्रेष्ठले जानकारी दिए । 
 
भारतबाट प्राविधिक र लट्ठा झिकाएर मर्मतको काम सकेपछि सेवा सञ्चालन भएको हो । यान्त्रिक पुल बन्द हुँदा बागलुङको बलेवा क्षेत्रका झन्डै डेढ दर्जन गाविसका बासिन्दा र पुल हेर्न आउने आन्तरिक तथा बाह्य पर्यटक समस्यामा परेका थिए । 
 
पर्वत महोत्सबमा आउने दर्शकसमेत पुल बन्द हुँदा मर्कामा परेका थिए । पुल बन्द हुँदा रु १० लाख आय र मर्मतका लागि झन्डै रु पाँच लाख गरी पुललाई रु १५ लाख घाटा परेको कम्पनीले जनाएको छ । 
 
महोत्सवमा आउने दर्शक रोकिँदा पर्वत महोत्सवलाई समेत रु पाँच लाख घाटा लागेको आयोजकले जनाएको थियो । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ