arrow

राजीव -सोनिया गान्धीको प्रेम कहानी अब चलचित्रमा

logo
प्रकाशित २०७३ फागुन ८ आइतबार
rajiv_RAH9EPQ.jpeg
एजेन्सी । भारतीय पूर्व प्रधानमन्त्री राजीव गान्धी र सोनिया गान्धीको प्रम कहानीमा चलचित्र बन्ने भएको छ । अभिनेता करनवीर बोहराले राजीव -सोनिया माथि छोटो चलचित्र बनाउने भएका हुन् । 
 
चलचित्रमा राजीव गान्धीको भूमिकामा करनवीरले अभिनय गर्ने छन् भने सोनियाको भूमिका अभिनेत्री प्रिया बेनर्जीले गर्ने छिन् । चलचित्रको नाम 'इजाजत' हुनेछ ।
 
 करनवीरका अनुसार उनलाई राजीव र सोनियाको प्रेम कथा निकै मन परेको छ त्यसैले यस विषयमा उनले चलचित्र बनाउने तयारी गरेका हुन् । चलचित्रमा राजीव र सोनियाको पहिलो भेट, मित्रता र मायालाई रोचक ढंगले देखाइनेछ । चलचित्र राजीवले आमा इन्दिरा गान्धीसँग  आफ्नो र सोनियाको प्रेमको खुलासा गरेसँगै समाप्त हुनेछ ।'
 
करनवीरले चलचित्रलाई आफै निर्माण गर्ने पनि बताएका छन् । चलचित्र हिन्दी, अंग्रेजी र इटालियन भाषामा बनाइनेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ