arrow

आइतबार राजधानीमा किन भयाे पेट्रोलको अभाव ?

logo
प्रकाशित २०७३ फागुन ८ आइतबार
petroleu,.jpeg
काठमाडौं । राजधानीमा पेट्रोलको अभाव देखिएको छ । जसका कारण अहिले राजधानीका हरेक पेट्रोलपम्पहरुमा लाईन देखिएको छ । 
 
तर, नेपाल आयल निगमले भने यो अभाव आईतबारदेखि समाधान भईसकेको जनाएको छ । शुक्रबारसम्म पेट्रोलियम ढुवानी चालकहरुको हड्तालका कारण शुक्रबार तेल सप्लाई हुन नसकेको र शनिबार निगम बन्द हुने भएकोले आईतबार केही समय पेट्रोलियम पदार्थको अभाव देखिएको हुनसक्ने निगमका प्रवक्ता भानु खनालले जानकारी दिए । 
 
उनले आईतबार अन्य दिन भन्दा दोब्बर हुनेगरी ८ सय किलो लिटर पेट्रोल बजारमा पठाएको भन्दै अब अभाव नदेखिने बताए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ