arrow

स्ववियु निर्वाचनको मुखैमा क्याम्पस प्रमुखसहित तीन जना सम्पर्कविहीन

अपहरणमा परे, नपरेको यकिन हुन बाँकी

logo
प्रकाशित २०७३ फागुन ४ बुधबार
FSU.jpeg

धनगढी । स्वतन्त्र विद्यार्थी युनियनको चुनावको पूर्वसन्ध्यामा कैलालीको लम्कीस्थित लम्की बहुमुखी क्याम्पसका प्रमुखसहित तीन जना वुधबार दिउँसोबाट सम्पर्कविहीन भएका छन् । इलाका प्रहरी कार्यालय लम्कीका प्रहरी निरीक्षक नैनसिं कार्कीले क्याम्पसका प्रमुख भीष्म थापा, सहायक प्रमुख अम्बर रावल र निर्वाचन अधिकृत कमल विष्टको फोन ‘स्वीच अफ’ भई सम्पर्कविहीन भएकाले खोजी भइरहेको जानकारी दिए ।

अपहरणमा परे–नपरेकाबारे अहिल्यै भन्न नसकिने कार्कीले बताए । विप्लब नेतृत्वको नेकपा माओवादीको भ्रातृ सङ्गठनले स्ववियु निर्वाचन प्रक्रिया अगाडि नबढाउन चेतावनी दिएको जनाइएको छ । स्ववियु निर्वाचनका लागि वुधबारबाट निर्वाचन कार्यतालिका प्रकाशन गर्ने तयारी थियो । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ