arrow

महासंघ बाजुराले स्मारिका प्रकाशन गर्ने

logo
प्रेम रौले,
प्रकाशित २०७३ माघ २१ शुक्रबार
Bajura-hamrakura.jpg.jpeg
बाजुरा । नेपाल पत्रकार महासंघ जिल्ला शाखा बाजुराले स्मारिका प्रकाशन गर्ने भएको छ । महासंघ शाखा बाजुराको विगत, वर्तमान समेटिने गरी महासंघले गरेका गतिविधी सहितको संगालो प्रकाशित गर्न लागिएको नेपाल पत्रकार महासंघ बाजुराका अध्यक्ष मदनराज जोशीले बताए  । 
 
उनले महासंघको पाँचौ जिल्ला अधिवेशनको अवसर पारी स्मारिका प्रकाशन गर्न थालिएको बताउनु भयो । स्मारिका प्रकाशनका लागि सचिव कृष्ण ओलीको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको छ । जसमा कोषाध्यक्ष प्रेम वि.क.सह सचिव निमेन्द्र शाही,महासंघ सदस्य नन्दा थापा र पदम सिंह रहेको सचिव कृष्ण ओलीले जानकारी दिए ।
 
ओलीले दिएको जानकारी अनुसार महासंघ शाखा बाजुराको अधिवेशनका लागि विभिन्न समित बनाएको बताए । पाँचौ जिल्ला अधिवेशनका लागि प्रेम वि.क. संयोजक रहने गरी आर्थिक व्यवस्थापन समिति,महासंघ अध्यक्ष मदनराजल जोशी संयोजक रहने गरी प्रतिवेदन तयारी समिति  र नन्दा थापा संयोजक रहेको अतिथी सत्कार समिति गठन गरिएको महासंघ जिल्ला शाखा बाजुराले जनाएको छ । 
 
स्मारिका यही फागुन १० गते भित्र प्रकाशन गरिसक्ने गरी तयारी सुरु भएको बताइएको छ । स्मारिकामा विशुद्ध जिल्लाका समस्या र जिल्लालाइ फाइदा हुने खालका लेख रचनाहरु समेटिने गरी प्रकाशन गर्न लागेको हो । महासंघले पत्रकारका हक अधिकार पत्रकारका समस्या र क्षमता अभिवृद्धीका लागि  स्मारिका प्रकाशन गरिने भएको हो । स्मारिकामा गैर राजनितिक लेख रचना समेटिने भएका हुन् । जिल्लाका सम्भावना चुनौतीका विषयमा प्रकाशन गरिने भएको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ