arrow

जापानमा नेपालीका समस्या र समाधान बारे वृहत अन्तरक्रिया कार्यक्रम हुँदै

logo
संगीता कुँवर
प्रकाशित २०७३ माघ २१ शुक्रबार
Sangita.jpg.jpeg
टोकियो । प्रवासमा आईपर्ने समस्या,बढ्दो चुनौती र गर्नुपर्ने समाधानको बिषयमा टोकियोमा अन्तरक्रिया कार्यक्रम हुने भएको छ । बाँके बर्दिया मैत्री समाज जापानको आयोजना  नेपाली राजदुतावास जापान र गैर आवसीय नेपाली संघ ,जापानको बिशेष सहयोगमा बिभिन्न क्षेत्रका विषय वज्ञहरुको उपस्थितिमा फेब्रुवरी ५ तारिख आइतबार विशेष अन्तरक्रिया हुने भएको हो । 
 
विशेष गरी जापानमा बस्ने नेपाली संख्यात्मक रुपमा बढे पनि आत्महत्या, विद्यार्थीका समस्या, स्वास्थ्य समस्या र ब्यवसायीका समस्या बढिरहेकाले समस्या र समाधानबारे छलफल गर्न गर्न जापानमा रहेका विज्ञहरुसंग अन्तरक्रिया कार्यक्रम गर्न लागिएको बाँके बर्दिया मैत्री समाज जापानका अध्यक्ष जनक विक्रम शाहीले बताए । 
 
कार्यक्रममा प्रवासमा नेपालीहरुका समस्या, चुनौती र समाधान बिषयमा  विभिन्न विषयबस्तु भित्र रहेर विज्ञहरुको प्रस्तुति रहने छ । 
 
ओम गुरुङ, महेश श्रेष्ठ , अनुज थापा , विज्ञानकुमार थापा , डा होमबहादुर रिजाल , डा प्रकाश शाक्य , डा सन्दीप शाक्य , डाविजय ज्ञवाली , अनिता गुरुङ , प्रदिप थापा लगायतका प्रमुख बक्ताहरुको प्रस्तुति  हुनेछ । 
 
्रअन्तरक्रिया कार्यक्रममा जापानमा रहेका विभिन्न जिल्लाका समाजहरुको पनि सहकार्य रहेको छ ।  
 
कार्यक्रम टिकेपी कन्फेरेन्स सेन्टर सिन्जुकु टोकियोमा आईतबार १ बजेदेखि सुरु हुनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ