arrow

ईन्फोटेकको पाँचौ दिन करिब ५० हजारले गरे अवलोकन, मंगलबार अन्तिम दिन

‘सुबिसु आइसिटी सम्मेलन–२०१७’ समपन्न

logo
प्रकाशित २०७३ माघ १७ सोमबार
300_9537.jpeg
काठमाडौं । राजधानीको भृकुटीमण्डपमा जारी “सुबिसु क्यान ईन्फोटेक २०१७ ” को सोमबार पाँचौ दिन ४७ हजार ३ सय २७ जनाले अवलोकन गरेका छन् ।  प्रदर्शनीको  आजसम्म २ लाख ५४ हजार ३ सय ८५ जनाले मेलाको अवलोकन गरिसकेका छन् ।  
 
सोमबार परराष्ट्र मन्त्री प्रकाश शरण,  जनसङ्ख्या तथा वातावरण मन्त्री जयदेव जोशी र सभासद उदय शमशेर राणाले इन्फोटेकको अवलोकन गरे ।
 
ईन्फोटेकमा व्यवसायीहरुले नगद छुट, निःशुल्क जडान, फ्रि सर्भिस, उपहार लगायतका अफरहरु ल्याएका छन् । सुविसु केवलनेटले प्रदर्शनीमा इन्टरनेट र क्लियर टिभीको जम्बो अफरमा ल्याएको  छ ।  सुबिसुले  ७ हजार ९ सय ९९ मा कम्बो अफर ल्याएको हो ।  त्यसैगरी  सामसुङका स्मार्टफोनहरुमा पनि अवलोकनकर्ताको घुइचो लागेको छ । 
 
यस पटकको इन्फोटेकमा ग्याजेट्सहरुको रौनक देखिएको छ । हुवावे, ओप्पो, मेइजु, लेनोभो, माइक्रोम्याक्स, वानप्लस, एमआइ, ब्लाकभ्यूलगायतका स्टलहरुमा शनिबार अवलोकनकर्ताको भरिभाउ देखियो । त्यसैगरी इन्टरनेट सेवाप्रदायक कम्पनीहरु भायनेट, वेबसर्फरका साथमा नेपाल टेलिकमको फोरजी अफरमा विशेष आकर्षण देखियो ।
 
सोमबार क्यान महासंघले बिजनेश डे घोषणा गरेको थियो । सो अवसरमा बिजनेश हाउसेसहरुले आफ्नो व्यापार प्रवद्र्धनको लागि विभिन्न डिलर र भेन्डरहरुसँग प्रत्यक्षरुपमा बिजनेश डिल गरेको महासंघले जनाएको छ । 
 
त्यस्तै १७ औ सुबिसु क्यान आइसीटी सम्मेलन २०१७ सम्पन्न भएको छ । कम्प्युटर एसोसिएसन नेपाल महासंघले आयोजना गर‍ेको  सम्मेलनमा ‘दिगो विकासका लागि आइसिटी’ विषयमा विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय विषय विज्ञहरुले कार्यपत्र प्रस्तुत गर्नुका साथै शिक्षा क्षेत्र, व्यवसायी र व्यवस्थापिकाका सांसदहरुबीच प्यानल डिस्कसनसमेत गराइएको छ । सम्मेलनमा दिगो विकासका लागि विभिन्न सब टपिकहरु स्मार्ट कृषि, स्मार्ट स्वास्थ्य, स्मार्ट शिक्षा, र स्मार्ट पर्यटन रहेका थिए ।
 
सूचना तथा संचार मन्त्री सुरेन्द्र कार्कीले उद्धघाटन गरेको सम्मेलनमा नेपालसहित, जर्मनी, कोरिया, भारतलगायतका विषयविज्ञहरुसहित करिव १२० जना सहभागि थिए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ