arrow

संक्रान्तिबजारका अग्निपिडितलाई आर्थिक सहयोग

logo
अमृत बास्तोला,
प्रकाशित २०७३ माघ ८ शनिबार
agni-pidit.jpeg
तेह्रथुम। तेह्रथुमको आठराई संक्रान्तिबजारमा भएको भिषण आग्लागीका अग्निपिडित परिवारलाई शनिवार पाँचथर उद्योग वाणिज्य संघ तथा लाईन्स क्लब अफ पाँचथरका अध्यक्ष मित्रप्रसाद काफ्ले मार्फत सहयोग रकम उपलब्ध भएको छ । संक्रान्तिबजार आईपुगेकाअध्यक्ष काफ्ले सहितको टोलीले आगलागी क्षेत्रको अवलोकन पश्चात ईलाका प्रहरी कार्यालय संक्रान्तिबजारमा औपचारीक कार्यक्रमको आयोजना गरी १ लाख ७० हजार रुपौया उद्योग वाणिज्य संघ संक्रान्तिबजारका अध्यक्ष तथा संक्रान्तिबजार अग्निपिडि राहत वितरण समितिका सदस्य प्रेम पैडेललाई हस्तान्तरण गरेका हुन् ।
 
सहयोग रकम पाथिभरा मिडिया ग्रुप प्रवासको अभियनमा संकलित १ लाख ५० हजार रुपौया र पाँचथर उद्योग वाणिज्य संघ रवि शाखाको अभियानबाट संकलित २० हजार रुपौया समितिलाई हस्तान्तरण गरिएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष काफ्लेले नेपालको बेरोजगारी समस्याबाट अम्किएर प्रवासमा विभिन्न दुःखका साथ कार्यरत प्रवासी नेपालीहरुबाट भएको सहयोगको प्रशंसा गर्दै, यसले पिडितको दुःखमा मलमपट्टी गर्नमा सहयोग पुर्‍याउने उल्लेख गरे । महाकालीमा चेट पर्दा मेचीलाई दुख्नु पर्ने भन्दै अध्यक्ष काफ्लेले संक्रान्तिबजारमा भएको आगलागी पिडितलाई सबैले आफ्नो आफ्नो क्षेत्रबाट सहयोग गर्न आग्रह गरेका छन्  ।
 
कार्यक्रममा जनसेवा पाँचथरका अध्यक्ष राजेन्द्र अधिकारीले अग्निपिडित परिवारलाई उपलब्ध भएको राहत रकमले विस्थापित भएकाहरुलाई संक्रान्तिबजारमै स्थापित गर्न टेवा पुग्ने उल्लेख गर्दै आएको सहयोग पारर्दशी तवरबाट क्षतिको आधारमा वितरण गरिनु पर्ने बताए । पाथिभरा मिडिया ग्रुपबाट संकलित रकम तेह्रथुम, आठराई क्षेत्र सहित विभिन्न जिल्लाहरुबाट वैदेशिक रोजगारीमा गएका ५३ जान समाजसेवी युवाहरुबाट सहयोग उपलब्ध भएको मिडिया ग्रुपका प्रवासी देव बास्कोटाले जानकारी दिए ।
 
मिडिया ग्रुपले संचालन गरेको अभियानमा पाँचथर घर भई हाल कतारमा रहेका सरोज चौलागाई, तेह्रथुम ईसिबु घर भई हाल मलेसिया रहेका तोया रेशन ढकाल, तेह्रथुम थोक्लुङ घर भई हाल मलेसिया रहेका प्रदिप चम्लागाई, तेह्रथुम जलजले घर भई हाल मलेसिया रहेका प्रदेशी सन्दिप पराजुली र पाँचथर एक्तिन घर भई हाल मलेसिया रहेका आदित्य खड्का लागायतले साथ दिनु भएको बताइएको छ । 
 
पुस १ गते भएको भिषण आग्लागिबाट संक्रान्तिबजारका ३२ घर सहित ७३ परिवार विस्थापित भएका थिए । आगलागीबाट १४ करोड ८ लाख रुपैया बराबरको क्षति भएको छ । अग्निपिडित परिवारलाई विभिन्न सरकारी तथा गौर सरकारी संघ संस्था र प्रवासी नेपालीहरुबाट राहत स्वारुप जिन्सी तथा नगद आउने क्रम जारी छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ