arrow

होटलबाट ११ जनाको जीवितै उद्धार

logo
प्रकाशित २०७३ माघ ८ शनिबार
1hotel1v2_9ejur.jpeg
पेन्ने (इटाली)। मध्य इटालीको एउटा चार तारे होटेलमा हिम पहिरोले पुरिएर वेपक्ता भएकाहरुमा थप चारलाई शनिबार उद्धार गरिएपछि यस घटनामा जीवितै उद्धार गरिएका व्यक्तिहरुको सङ्ख्या ११ पुगेका अधिकारीहरुले शनिबार जानकारी दिएका छन् । सो हिमपहिरोमा परी जीवितै उद्धार भएकाहरुमा एकै परिवारका चार व्यक्ति पनि रहेका छन् । 
 
बुधबार साँझ गएको सो हिमपहिरोमा परी दुई बालबालिकासहित २५ भन्दाबढी बेपक्ता भएका थिए । हिमपहिरो गएको घन्टौ पछाडि ती व्यक्तिहरुलाई उद्धार गरिएको थियो । 
 
बुधबार नै इटालीको पर्वतीय क्षेत्रमा तीन पटकसम्म भूकम्प गएको थियो । स्थानीय समयानुसार बुधबार बिहान १०:२५ मा गएको भूकम्प ५.३ म्याग्निच्युडको भएको र ५० मिनेट पछाडि ५.७ म्याग्निच्युड र त्यसपछि तेस्रो भने ५.५ म्याग्निच्युडको भूकम्प गएको थियो । 
 
सोही भूकम्पका कारण विशाल हिम पहिरोबाट त्यहाँका अन्य धेरै संरचनासमेत नष्ट भएको स्थानीय अधिकारीहरूले बताएका थिए । इटालीमा तीन पटकसम्म गएको भूकम्प पश्चात् सानातिना धक्का बारम्बार गइरहहेको थियो । 
 
सो होटेल इटालीको समुद्रतटवर्ती नगर पेस्काराबाट ४५ किलोमिटर टाढा रहेको ग्य्रान्ड सास्सो राष्ट्रिय निकुन्जभित्र र समुद्र सतहदेखि एक हजार दुई सय मिटर (तीन हजार नौसय चालीस फिट)को उचाइमा पर्छ ।एएफपी 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ