arrow

हुलाकलाई सामुदायिक सूचना केन्द्र बनाइने : मन्त्री कार्की

logo
प्रकाशित २०७३ माघ ८ शनिबार
karkiss.png
काठमाडौं ।  सूचना तथा सञ्चारमन्त्री सुरेन्द्र कुमार कार्कीले सुचना मन्त्रालयमा सुचना बहेक  अरु कुरा मात्र रहेकाले सुचनाको  भकारी बनाउनको लागी अहिले कार्यविहिन भएको हुलाकलाई परिमार्जन गरेर सामुदायिक सूचना केन्द्र बनाउन सरकार अन्तिम तयारीमा रहेको बताएका छन् ।
 
 नेपाल पत्रकार महासंघ मकवानपुर शाखाको सूचना केन्द्रको शनिबार हेटौंडामा उद्घाटन गर्दै मन्त्री कार्कीले यसो बताएका हुन् । उनले अब केही दिनमा मफोसलका रेडियोहरु नविकरणका लागी काठमाडौं धाउनुपर्ने वाध्यताको अन्तय हुने र रेडियोको नवीकरण दस्तुर घटाउन आफूले निर्देशन दिएको समेत बताए । 
 
थप प्रसंङ्मा मन्त्री कार्कीले २०१५ सालमा वि.पीसंग मदनमणी दिक्षीतले खेलेको विपक्षीको भुमिकाको चर्चा गदै सबैभन्दा खतरनाक हतियार पत्रकारसगं रहेकोले रोल्पा, रुकुम, तराई पहाड, हिमालमा रहेका हरेक नेपाली जनतालाई सूसुचीत गराउने काम पत्रकारको भएकाले  त्यस्ता  पत्रकारलाई पुरस्कृत गरिने बताए ।
 
पत्रकार महासंघ मकवानपुर शाखाका अध्यक्ष महेन्द्र श्रेष्ठको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा निमित्त क्षेत्रीय प्रशासक विश्व प्रकाश सुवेदी, मकवानपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद दुवाडी, मकवानपुरका प्रहरी उपरीक्षक वसन्त कुमार लामा स्थानिय विकास अधिकारी नारायण मैनाली, हेटौंडा उपमहानगरपालीकाका निमित्त प्रमुख शकंर उपाध्याय  लगायतले सूचना केन्द्रस्थापनाका लागी नेपाल पत्रकार महासंघ मकवानपुर शाखालाई धन्यवाद सहित केन्द्रको सफल्ताको शुभकामना व्यक्त गरेका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ