arrow

हिन्दू राज्य कायम गर्न सवै नेपाली लागौं : पूर्वसेनापति कटवाल

logo
प्रकाशित २०७३ माघ ८ शनिबार
GeneralKatawal_AP.jpeg
जितेन्द्र भण्डारी,पाँचथर । पूर्वसेनापति रुकमांगत कटवालले हिन्दू धर्म राष्टको पहिचान भएकोले मूलकलाई हिन्दू राज्य कायम गर्न सवै नेपाली लाग्नुपर्ने वताएका छन् ।
 
पाँचथरको फिदिममा शनिबार राष्ट्रिय हिन्दू एकता मंच नेपालको आयोजनामा भएको कार्यक्रममा वोल्दै उनले मुलुकलाई हिन्दू सापेक्ष बनाउन दलहरु लाग्नुपर्ने वताएका हुन् । हिन्दू राज्य सवै दलको भएकोले हिन्दू निरपेक्ष भन्ने शब्दलाई हटाएर अव संविधान संशोधन मार्फत भएपनि हिन्दू सापेक्ष भन्ने शब्द थप्न समेत उनले आग्रह गरे।
 
यस्तै गरिबी र अशिक्षाका कारण धर्म परिवर्तन गराउन खोज्ने जो कोहीलाई राज्यले दण्डित गर्नुपर्ने उनको भनाई थियो ।  सभामा मंचका केन्द्रिय अध्यक्ष इन्द्रप्रसाद ओली,धार्मिक ब्यक्तित्व अशोक सुब्बा लगायतले सम्वोधन गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ