arrow

राईलाई राष्ट्रिय विभूति घोषणाको लागि पहल गर्छु : प्रधानमन्त्री दाहाल

logo
प्रकाशित २०७३ माघ ८ शनिबार
prachanda-tension.jpg.jpeg
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहालले रामप्रसाद राईलाई राष्ट्रिय विभूति घोषणाका लागि पहल गरिने प्रतिवद्धता व्यक्त गरेका छन् । रामप्रसाद राई फाउण्डेसनद्वारा शनिबार आयोजित कार्यक्रममा ‘रामप्रसाद राइ’ नामक पुस्तकको विमोचन गर्दे उहाँले सङ्खुवासभाको सदरमुकाम खाँदबारीदेखि किमाथान्कासम्मको कोसी राजमर्गलाई रामप्रसाद राई मार्ग घोषणका लागिसमेत पहल गर्ने आश्वासन दिए । 
 
प्रधानमन्त्री दाहालले देश र जनताका लागि बलिदान दिने सपुतहरुको जीवन गाथालाई पाठ्यपुस्तकमा समावेश गर्न फाउन्डेसनले गरेको आग्रह सकारात्मक भएको पनि बताए । स्व रामप्रसाद राई भोजपुर निवासी थिए । उनले १०४ वर्षे निरङ्कुश राणाशासन र २००७ सालको क्रान्तिका लागि लडेका थिए । स्व राईको व्यक्तित्वलाई स्मरण गर्ने अभिप्रायबाट भोगिराज चामलिङ्ले लेखेभएको ‘रामप्रसाद राई’ नामक उक्त कृति ४७२ पेजमा प्रकासित छ । 
 
फाउन्डेसनका अध्यक्ष स्व राइकी सुपुत्री लक्ष्मी राईको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा पूर्वमन्त्री सुरेन्द पाण्डे र अशोक राइले स्व राईको व्यक्तित्वका विविध पक्षमाथि प्रकाश पारिन् । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ