arrow

नेपालमै पहिलोपटक झापामा स्वास्थ्य महोत्सव सुरु

logo
प्रकाशित २०७३ माघ ८ शनिबार
Doctor-np.jpeg
काँकडभिट्टा (झापा)। प्रथम स्वास्थ्य महोत्सव आजबाट झापाको मेचीनगरमा सुरु भएको छ । नेपाली काँग्रेसको आयोजनामा सुरु भएको महोत्सव माघ १४ गतेसम्म सञ्चालन हुने छन् । महोत्सवमा २५ हजारलाई निःशुल्क उपचार सेवा पुर्‍याउने लक्ष्य आयोजकले लिएको छ । 
 
राष्ट्रिय धुन बजाएर उद्घाटन गरिएको सो महोत्सवको पहिलो दिन आज ज्येष्ठ नागरिकका लागि विशेष उपचार सेवा प्रदान गरिने भएकाले स्वास्थ्योपचारका लागि सयौँको सङ्ख्यामा ज्येष्ठ नागरिक बिहानैदेखि लामवद्ध भएर उभिएका छन् । 
 
काठमाडौँ, पोखरा, विराटनगर, धरान, भद्रपुर, विर्तामोड र मेचीनगरका २५ वटा अस्पतालबाट आएका विशेषज्ञ चिकित्सकसहितको टोलीले महोत्सवमा निःशुल्क उपचार सेवा प्रदान गर्ने नेपाली काँग्रेसका केन्द्रीय सदस्य विश्वप्रकाश शर्माले जानकारी दिए । 
 
महोत्सवमा ‘रोग अनुभव र अनुभूति’ विषयक छलफल कार्यक्रम समेत आयोजना गर्ने भएको छ । महोत्सवस्थलमा सेवाग्राहीको बढेको भीडलाई व्यवस्थापन गर्न स्वयम्सेवकको रुपमा तरुण दलका कार्यकर्तालाई परिचालन गरेका छन् भने त्यसमा नेपाल प्रहरी र सशस्त्र प्रहरी पनि सघाएका छन् । रासस 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ