arrow

विवाहको खर्च काटेर विद्यालयलाई सहयोग

logo
प्रकाशित २०७३ माघ ८ शनिबार
school-new-p.jpg.jpeg
डोल्पा (दुनै)। आजका युवा पिँडी खर्चगर्ने भनेपछि चाहे खल्ती रित्याउन पनि पछि पर्दैनन् चाहे विवाह, ब्रर्तवन्ध होस् या किनमेल, यसले धन, पैसाको नाशमात्र गर्दैन समाजमा गलत संस्कारको समेत स्थापना गर्दछ । 
 
तर, डोल्पाका एक नवविवाहित जोडीले रुपियाँको सदुपयोगमात्र गरेनन् घरकाले विवाह खर्चका लागि छुट्याइ दिएको पैसासमेत फजुल खर्च नगर्ने भन्दै दुर्गमको एउटा विद्यालयलाई दान दिएर उदाहरणीय काम गरेकाछन् । 
 
जिल्लाको ग्रामीण भेगमापर्ने माझफाल— ८ थरगाउँ निवासी योगेन्द्र बुढा र उनकी धर्मपत्नी राधा महराको नवविवाहित जोडीले आफ्नै गाउँमा रहेको लक्ष्मी माध्यामिक विद्यालयलाई नगद दश हजार ५० रुपैयाँ सहयोग गर्नुभएको छ । 
 
नगद सहयोग सँगसँगै उक्त विद्यालयमा अध्ययन् गर्ने ३२ जना दलित, विपन्न तथा अपाङ्गता भएका विद्यार्थीलाई एक कार्यक्रमबीच ‘न्यानो कपडा’ समेत वितरण गरिएको छ । 
 
जाडोयाममा गरिएको न्यानो कपडा वितरणबाट विद्यार्थीलाई राहत भएको अभिभावकले बताएका छन् । एक सचेत युवाले आजको जमानामा भड्किलो प्रकारको विवाह गरेर रुपैयाँको दुरुपयोग गर्न नहुने भन्दै उदाहरणीय कामको सुरुवातका लागि थोरै भए पनि सो रकम शिक्षा क्षेत्रमा सहयोग गरेको बुढाले बताउनुभयो । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ