arrow

ट्रम्पको हिन्दू मोह, इतिहास रच्दै नेसनल प्रेयरमा बोलाए हिन्दू पुरोहित

अमेरिकी राष्ट्रपतिको नेसनल प्रेयरमा सम्भवत: हिन्दूहरुको यो पहिलो सहभागिता हो

logo
प्रकाशित २०७३ माघ ८ शनिबार
20_01_2017-trump1.jpeg
वासिंटन । सम्भवतः अमेरिकी इतिहासमा नै पहिलो पटक अमेरिकी राष्ट्रपतिको नेसनल प्रेयरमा हिन्दू पण्डितहरुलार्इ सहभागी हुन निम्ताे पठाइएकाे छ। शुक्रबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सपथ ग्रहण पछि हुने नेसनल प्रेयरमा एक जना हिन्दू पुरोहितलाई पनि संलग्न हुन निम्ताे पठार्इएको राष्ट्रपति सपथ ग्रहण समितिलाई उद्दृत गर्दै भारतको दैनिक जागरण पत्रिकाको अनलाईन संस्करणले जनाएको छ । 
 
समितिका अनुसार मैरील्याण्डको लान्हाम स्थित श्री शिव विष्णु मन्दिरबाट नारायणचार एल दिगालकोटा नेशनल प्रेयर सर्विसमा सामेल भएका हुन् । राष्ट्रपति ट्रंपको शपथ पछि शनिवार भएको नेशनल प्रेयरमा विभिन्न धर्मका धार्मिक नेताहरु संलग्न हुने गर्दछन् । 
 
यो प्रेयर सर्विस वाशिंगटन नेशनल क्याथड्रल मा आयोजना हुँदैछ । यो उपस्थितीलाई सम्भवतः इतिहासमै पहिलो मौकाको रुपमा लिईएको छ जहाँ एक हिन्दू पुरोहितले पनि नेशनल प्रेयर सर्विसमा भाग लिनको लागि बोलाईएको हो । 
 
नेशनल प्रेयर सर्विसको परम्परा अमेरिकाका पहिलो राष्ट्रपति जर्ज वाशिंगटनको समयदेखि चल्दै आएको हो । तर यो वाशिंगटन नेशनल क्याथड्रल मा भने १९३३ देखि अहिलेसम्म ७ पटक मात्रै आयोजना गरिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ