arrow

मकवानपुर चेम्बरले दियाे पत्रकार महासंघलाई कम्प्युटर

logo
प्रकाशित २०७३ माघ ७ शुक्रबार
Makawanpur-chember.jpeg
 
 
काठमाडौ‌ । मकवानपुर उद्योग वाणिज्य संघले शुक्रबार एक कार्यक्रमकाबीच पत्रकार महासंघ, मकवानपुरको सूचना केन्द्रका लागि एक थान कम्प्युटर सेट प्रदान गरेको छ । संघको कार्यालयमा एक कार्यक्रमका बीच संघका अध्यक्ष राजकुमार न्यौपानेले पत्रकार महासंघका सचिव कृष्ण सारु मगरलाई कम्प्युटर हस्तान्तरण गरेका हुन् ।
 
कम्प्युटर हस्तान्तरण पछि संघका अध्यक्ष न्यौपानेले व्यवसायीहरुको हकहितमा आजसम्म मकवानपुरका पत्रकारहरुले खेलेको भूमिकाको प्रसंशा गरेक थिए । कार्यक्रममा पत्रकार महासंघका सचिव कृष्ण सारुले पत्रकार महासंघबाट सूचना ,समाचार प्रेषित गर्न आजको सहयोगले टेवा पुग्ने बताएक थिए । मकवानपुर पत्रकार महासंघ मकवानपुरको सूचना केन्द्रलाई नेपाल सरकारका सञ्चारमन्त्री सुरेन्द्र कार्काीले भोलि माघ ८ गते उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ