arrow

वी.पी. प्रतिष्ठानको निमित्त उपकुलपतिमा डा. श्रेष्ठ

logo
प्रकाशित २०७३ माघ ८ शनिबार
Bikram_shrestha.jpeg
धरान । धरान स्थित वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिठानका शिक्षाध्यक्ष डा. विक्रम प्रसाद श्रेष्ठले निमित्त उपकुलपतिको जिम्मेवारी पाएका छन् । स्वास्थ्य मन्त्रालयको मन्त्रीस्तरीय निर्णयवाट उनलाई जिम्मेवारी दिइएको हो । गत पुस २० गतेदेखि प्रतिष्ठान उपकुलपति विहिन हुंदा सम्पूर्ण आर्थिक, शैक्षिक तथा अस्पताल सम्बन्धि प्रशासनिक कार्यहरु ठप्प भएका थिए । शिक्षक, कर्मचारीको नियमिति तलब तथा मासिक विद्युत महशुल समेत भुक्तानी हुन सकेको थिएन । 
 
शिक्षाध्यक्ष श्रेष्ठले पुंजीगत खर्च वाहेक दैनिक प्रशासनिक कार्य, तलब भत्ता, विुद्युत महशुल भुक्तानी गर्ने अधिकारी सहित निमित्त उपकुलपतिको जिम्मेवारी पाएकाले प्रतिष्ठान सञ्चालनमा सहजता आउने कर्मचारी कल्याण समाजका अध्यक्ष सुजेन्द्र तामाङले बताए । समाजले प्रधानमन्त्री दाहाल र स्वास्थ्यमन्त्री थापा समक्ष उपकुलपति नियुक्त नहुंदासम्म दैनिक प्रशासनिक तथा आर्थिक कार्य गर्न वरिष्ठ पदाधिकारीलाई जिम्मेवारी दिन र यथाशक्य उपकुलपति नियुक्त गर्न माग गर्दै आएको थियो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ