arrow

विराटनगर मालपोतका सेवाग्राहीहरुलाई सहुलियत

logo
प्रकाशित २०७३ माघ ८ शनिबार
malpot.jpg.jpeg
विराटनगर । विराटनगर स्थित जिल्ला मालपोत कार्यालयले अनलाईन सेवा सञ्चालन गर्ने भएको छ । छिटो छरितो एंव व्यवस्थित रुपमा सेवा प्रदानगर्न कार्यालयले अनलाईन सेवा संचालन गर्न लागेको हो ।यहि माघ मसान्त भित्र सेवा संचालनगर्न लागेको मालपोत कार्यालय प्रमुुख नरेन्द्र पौडेलले बताए । सेवा संचालनका लागि डाटा संकलन तथा रुजुुगर्ने काम भइरहेको छ । 
 
सेवाग्रहीलाई लिखत तथा किताकाट तथा व्येक्तिको फिंगर प्रिन्टि सम्वन्धि जग्गा सम्वन्धि काम अनलाइनवाट घरमै वसेर आफनो जग्गाको वारेमा सहज जानकारी  प्रदान गर्न सेवा संचालनगर्न लागीएको कार्यालयले जनाएको छ  । अनलाइन सेवा सचालनका लागी सवै काम अन्तिम चरणमा पुुगेकाले तिनहप्ता भित्र सेवा संचालन हुुने भन्सार प्रमुुख पौडेलको भनाई छ ।
 
सेवा संचालनका लागी  १५ वटा कमप्युुटरको व्यवस्था गरिएको  छ । त्यसका लागी २० जना कर्मचारीलाई सेवा संचालनका लागी तालिम दिइ सेकेको वताइएको छ । कार्यालयसंग जेनेटरको व्यवस्था नहुुदा सेवा संचालनमा केही समस्या हुुन सकने कार्यालय प्रमु्ख पौडेलको भनाई छ । कार्यालयमा अहिले दुुई फेजको लाइन जडान भएता पनी कहिले काही जाने लाइनका कारण कामगर्न समस्या हुुने वताइएको छ ।
 
त्यसकारणपनी अनलाईन सेवा सचालनका लागी जेनरेटर आवश्यक रहेको जनाइएको छ । सो कार्यालयले गत अर्थिकवर्षमा २७ हजारभन्दा वढि जग्गा सम्वन्धि लिखत पास गरेको जनाएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ