arrow

धुर्मुस-सुन्तली एकिकृत मुसहर बस्ती: १२ दिनमा १५ प्रतिशत कार्य सम्पन्न

logo
आरके महतो,
प्रकाशित २०७३ माघ ८ शनिबार
dhurmus-sintali.jpeg
बर्दिबास (महोत्तरी)। बर्सौंदेखिको रोग, भोक, अशिक्षा, अनिद्रा र विकासबाट बहिष्करणमा परेका महोत्तरीको बर्दिबास नगरपालिका २ स्थित धुर्मुस सुन्तलीले निमार्ण गरिरहेको एकिकृत नमुना मुसहर बस्तीको १२ दिनमै १५ प्रतिशत भन्दा बढी निर्माण कार्य सम्पन्न भएको छ । तराइको कठियांग्रिदो  जाडोमा छिमेकीहरु आगो ताप्दै गर्दा मुसहरहरु आफ्नो घर निर्माणको लागि बिहानै ७ बजेदेखी अबेर साँझ सम्म खटिने गरेका छन् ।
 
एकिकृत नमुना मुसहर बस्तीको निर्माण कार्य युद्धस्तरमा चलिरहेको छ । विभिन्न बाधावेवधानलाई छिचोल्दै १२ दिनमा १५ प्रतिशत काम सम्पन्न भएपछि निर्माण कार्यको अवलोक गर्न आउनेहरु निर्माण कार्यको गति हेरेर आचर्य व्यक्त गर्ने गर्छन् । पौष २५ गते मह जोडि मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य र गंगा सागर पोखरी(जनकपुर)का सरसफाई अभियन्ता रामअशिष यादवको बाहुल्यबाट संयुक्त रुपमा शिलान्यास गरिएको बस्तीको निर्माण कार्यमा झन्डै तीन सय काम दैनिक खटिने गर्छन्  ।
 
‘हाल सम्ममा  बस्तीमा निर्माण हुने ५० वटा घर मध्य ४० वटा घरको जग खनिसकिएको छ । ३२ वटा घरको जग उठाउने कार्य सम्पन्न भइसकेको छ । पिलिन्थ लेवल सम्मको ५ वटा घरको निर्माण कार्य सकिएको छ ,’धर्मुस सुन्तली परियोजनाका संयोजक अर्जुन प्रसाद न्यौपानेले भने, ‘ईट्टा, वालुवा, ढुङ्गा लगायतका निर्माण समाग्री व्यवस्थापन गर्नमा हामी व्यस्त छौं । श्रमदान र आर्थिक सहयोगको लागि उत्साहित युवा पुस्ता , संघ संस्थाका पदाधिकारीहरु बस्ती निर्माण स्थलमा आउने क्रम जारी छ ।’
 
‘हाम्रो घर बन्न लागेपछि गाउँले उत्साहित छन् । करीब १ सय मुसहरहरु श्रमदानमा खटिएका  छन् ,’ एकिकृत नमुना मुसहर बस्तीका उपभोक्ता समितिका अध्यक्ष मञ्जय सदा मुसहरले भने, ‘दाउरा लिन जान छाडेर हुलका हुल गाउँलेहरु बस्ती निर्माण गर्न श्रमदानमा जुटेका छन् । कोही सिमेन्ट घोल्छ । कोही वालुवा, ढुंगा,गिट्टी बोकेर ओसार छन् । कोही गाउँलाई काममा खटाउछन्  यी र यस्ता कार्य गरेर हामी बस्ती निर्माण श्रमदान गरिरहेका छौं ।’
 
मुसहर बस्तीको विकासलाई देखाउँदै नव युग सुरु भएको २ सय ७० जना मुसहरको एकला एसएलसी पढेका मञ्जले संज्ञा दिए ।
 
जंगलबाट दाउरा ल्याएर बिक्री गरेर खानकी जुटाउँदै आएका बर्दिबास मुसहरहरु पुस्तौं पुस्तादेखि चरम गरिबीको चपेटमा परेका छन् । दाउरा नबिकेको दिन मुसहरहरुको मुखमा माड लाग्दैन । उनीहरु भोकै सुत्नु पर्छ । मुसहरहरुको उत्थान र विकासका लागि हास्य कलाकार तथा समाज सेवी धुर्मुस सुन्तलीलले एकिकृत नमुना मुसहर बस्तीको आवधारण ल्याएर मुसहरहरुको अनुहारमा हाँसो ल्याउन कम्मर कसेर लागेका बस्ती निर्माणको लागि समयोजन गरिरहेका समाजिक अभियन्ता राजकरण महतोले बताए ।
 
‘मुसहरहरुले आफुहरुको जीवन फेरीन्छ भनेर सपनामा सोंचेका थिएनन् ।तर, धर्मुस र सुन्तली जस्ता मायालु मनको सहयोग पाएर मुसहरु फुरुंग छन्,’ समाजि अभियन्ता महतोले भने,‘कोही बाढी पीडित, त कोही भूकम्प पीडित, त कोही आगलागी पीडित सबै पीडितैले राहत र सहयोग पाइरहेका छन् । तर, मुसहरहरुको जन्मिने सन्तान जन्मिने वित्तिकै पीडित भएरै जन्मिन्छ । उनीहरुको पीडा कसैले सुन्दैनन् बरु हेला गर्छ । मुसहरको लागि धुर्मुस र सुन्तली भगवान भएर मुसहर बस्तीमा पसें ।सहयोगि हात भेटिएर बर्दिबासका मुसहरहरुको पुस्तौंपछि उद्धार र राहत मिल्दैछ । ओत लाग्ने घर बन्दै छ । बच्चाहरु स्कूल जादैं छन् ।’
 
दैनिक मालिकहरुको जी हजुरी गरेर शोषण, दमन, अन्याय, अत्याचार सहन बाध्य मुसहरहरु त्यो जालबाट सहयोगि हातको सहारामा क्रमस बाहिर निस्किएर आफ्नो भविष्य खोजिरहेका समाजिक अभियन्ता महतोले बताए ।
 
मानवता र सद्भावको लागि सहकार्य भन्ने मर्मका साथ गरिवहरुको उत्पाथनका लागि पहाडबाट तराई झर्केका धुर्मुस सुन्तलीले बस्ती निर्माणमा सबैलाई सहयोग गरिदिन अपिल गरेका छन् । एकिकृत नमुना मुसहर बस्तिमा एक मन्दिर, एक सामुदायिका भवन पनि निर्माण गरिने छ ।
 
‘हामिलाई अनुमानित लागतका लागी अझै थुप्रै सहयोगी हातहरुको खांचो छ । केहि सहयोग प्राप्त भईसकेपनि निर्माणका लागी आबश्यक रकम चाडै पुरा भए नयाँ बर्षमा बस्ति हस्तान्तरण गर्ने योजना पुरा हुने छ,’ बस्ती निर्माणको लागि चन्दा संकलनको लागि अष्टेलिया पुगेका धुर्मुस(सिताराम कटे्टल)ले भने । “राष्ट निर्माण तपाई हाम्रो अभियान“ भन्ने मुल नाराका साथ धुर्मुस सुन्तली फाउन्डेसनले मुसहर बस्ती निर्माणमा जुटेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ