arrow

बर्षाले प्रभावित पहिलो टि-२० खेलमा दक्षिण अफ्रिका बिजयी

logo
प्रकाशित २०७३ माघ ८ शनिबार
SA_SL_T20.jpeg
सेन्चुरियनपार्क। बर्षाले प्रभावित पहिलो टि-२० क्रिकेटमा दक्षिण अफ्रिकाले श्रीलंकालाई १९ रनले पराजित गरेको छ। तीन खेलको श्रृखंलामा अफ्रिकाले १-०को अग्रता लिएको छ। 
 
बर्षाले खेल अवरुद्ध भएपछि १० ओभरमा घटाईएको खेलमा टस हारेर पहिले ब्याटीङ गरेको अफ्रिकाले ५ विकेटको क्षतीमा १२६ रन बनाएको थियो। उसकालागि डेविड मिलरले १८ बलमा ४० रन बनाएका थिए भने फरहान बेहेरडियनले १८ बलमा ३१ रनको योगदान दिएका थिए। 
 
श्रीलंकाका नुवन कुलाशेखराले २ विकेट लिएका थिए भने सुरंगा लकमल तथा सेकुग्गे प्रसन्नाले १-१ विकेट हात पारेका थिए। 
 
जवाफमा ब्याटीङ गर्न ओर्लेको श्रीलंकाले राम्रो शुरुवात गरेता पनि बिजय हासिल गर्न भने सकेन। पहिलो विकेटकालागि पाँच ओभरमा ५९ रनको सुरुवात गरेता पनि अफ्रिकाको कसिलो बलिङ सामु श्रीलंका निरिह बन्यो। 
 
श्रीलंकाका निरोसन डिकवेलाले ४३ रन बनाएका थिए भने धनन्जय डिसिल्भाले २७ रनको योगदान दिएका थिए। अफ्रिकाकालागि लुंगी गिदी र ईमरान ताहिरले २-२ विकेट लिएका थिए। 
 
खेलका प्लेयर अफ म्याच लुंगी गिदी घोषित भएका थिए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ