arrow

'दुई तिहाई पुर्‍याउन मन्त्री थप्नु गलत'

logo
प्रकाशित २०७३ माघ ८ शनिबार
narayan-new-.jpg.jpeg
भक्तपुर। नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले सरकारले संविधान संशोधनको विधेयक पारित गर्न दुई तिहाई पुर्‍याउनकै लागि मन्त्री थप गर्नु देश कै लागि हितकर नभएको बताउनुभएको छ । 
 
भक्तपुरबाट प्रकाशित भइरहेको श्रमिक साप्ताहिकको २४औं र मजदुर दैनिकको १९औँ वार्षिकोत्सव कार्यक्रमका अवसरमा उहाँले देशलाई आवश्यक परे मात्रै मन्त्रिपरिषद विस्तार गर्नुपर्नेमा आफ्नो स्वार्थ पुरा गर्न मन्त्रिपरिषद् विस्तार गर्नु गलत भएको टिप्पणी गर्नु भयो । 
 
उहाँले नेमकिपा प्रतिपक्षमै बसेर देशको हितको लागि लड्ने बताउनुभयो । कार्यक्रममा वरिष्ठ पत्रकार भैरब रिसालले पत्रकारले सत्य र तथ्य समाचारलाई निरन्तरता दिनुपर्ने औंल्याउँदै पुराना पत्रिकाको म्युजियम खोलेर पछिल्ला पुस्तालाई जानकारी गराउनुपर्नेमा जोड दिनुभयो । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ