arrow

एकिकृत नमुना वस्तीकालागि सहयोग जुटाउन 'धुर्मुस-सुन्तली' अष्ट्रेलियामा

logo
प्रकाशित २०७३ माघ ७ शुक्रबार
Dhurmus-Suntali_Australia.jpeg
काठमाडौं। एकिकृत नमूना वस्ती निर्माणको लागि व्यापक चर्चा कमाएका कलाकारद्वय सिताराम कट्टेल 'धुर्मुस' र कुञ्जना घिमिरे 'सुन्तली' अष्ट्रेलिया पुगेका छन्। अष्ट्रेलियका विभिन्न शहरमा आयोजना हुन लागेको 'धुर्मुस् सुन्तली साँझ' का लागि उनीहरु हालै अष्ट्रेलिया पुगेका हुन्। 
 
हाल महोत्तरी बर्दिबासका मुसहरहरुका लागि तेस्रो एकिकृत नमूना वस्ती निर्माणमा जुटेका कट्टेल र घिमिरेले सोहि कार्यका लागि सहयोग जुटाउने छन्। साथै अष्ट्रेलियाबासी नेपालीको तर्फबाट कलाकारद्वयले सम्मान ग्रहण गर्नेछन्।
 
अष्ट्रेलियाको सिड्नी, मेलबर्न तथा ब्रीसबेनमा आयोजना हुने कार्यक्रममा धुर्मुस सुन्तलीसँगै नेपालबाटै गएका गायक भरत सिटौल र स्थानीय नेपाली कलाकारहरुको ब्यान्ड 'शास्त्र'ले पनि प्रस्तुति दिने आयोजक मेरो इभेन्टसका सुरज अर्यालले जानकारी दिएका छन्। 
 
एक्स्पर्ट इजुकेसन तथा भिसा सर्भिसेजको सहयोगमा मेलबर्नमा फेब्रुअरी ४ मा आयोजना हुने कार्यक्रमका लागि सम्पुर्ण तयारी पूरा भएको र अनलाइन टिकट बुकिङ् पनि सुरु भइसकेको अर्यालले जानकारी दिए। 
 
मेरो इभेन्ट्स अष्ट्रेलियामा पहिलोपटक क्रुज पार्टी, कन्सर्ट तथा सेमिनारहरु आयोजना गरी चर्चा कमाएको नेपालीहरुकै इभेन्ट कम्पनी हो।
 
ब्रीसबेनअघि जनवरी २१ मा सिड्नीमा र २६ मा मेलबर्नमा धर्मुस सुन्तली साँझ आयोजना हुनेछ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ