एजेन्सी। नेपालकी तेरिया मगरले भारतीय टेलिभिजनको रियालीटी शो झलक दिखलाजा सिजन ९को उपाधी जितेकी छिन्। उनले भारतका सलमान युशुफ खान र शान्तानु महेश्वरीलाई पछी पार्दै ट्रफी हात पारेको भारतीय अनलाईन मिडियाले जनाएका छन्।
तेरियाले यस अघि भारतीय टेलीभिजन शो डान्स ईण्डिया डान्स लिटिल मास्टर्स २०१४को उपाधी जितेकी थिईन्। तेरियाको बिजयलाई आश्चार्यका रुपमा हेरिएको छ। झलक दिखलाजामा दर्शकको फेवरेट शान्तानु रहेका थिए।
त्यसैगरि शलमान दोस्रा भएका छन् भने शान्तानु तेस्रो भएका छन्। उक्त शोलाई फराह खान, सलमान खान र जेकलीन फरनान्डेजले निर्णायकको भुमिका निभाएका थिए।