arrow

रियाल मड्रिडले रोनाल्डोलाई चीनमा बेच्ने !

logo
प्रकाशित २०७३ माघ ७ शुक्रबार
ronaldo-Ret.jpg.jpeg
एजेन्सी। रियाल मड्रिडका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो सन् २०१९देखि चीनको फुटबल लीग खेल्ने संभावना बढेको छ। रियालका अध्यक्ष फ्लोरेन्टिनो पेरेज रोनाल्डोलाई चीनमा बेचेर राम्रो पैसा कमाउने दाउमा रहेका छन् स्पेनको पत्रिका डन बालोनले जनाएको छ। 
 
३१ बर्षिय क्रिस्टियानोले गत बर्षमात्र रियालसँग पाँच बर्षकालागि नयाँ सम्झौता गरेका हुन्। उनलाई २०१९मा चिनियाँ क्लबमा बेच्दा क्लबलाई राम्रै फाईदा हुने देखीएको छ। यसपालीमात्र रोनाल्डोलाई चिनियाँ क्लबले बार्षिक १०० मिलियन युरोको प्रस्ताव गरेको थियो।
 
रोनाल्डोको ड्रेसिङ रुम र टिममा परेको प्रभावले पनि पेरेज त्यती खूशी नरहेको जनाईएको छ। अध्यक्ष पेरेजका अनुसार रोनाल्डोले फुटबलमा आफ्ना राम्रा बर्षहरु देखिसकेका छन् र रोनाल्डो बिक्री हुने बेला भएको छ। 
 
रोानल्डोलाई बेच्दा करिब ८० मिलियन पाऊण्ड आउने छ जुन उनलाई म्यानचेस्टर युनाईटेडबाट रियाल ल्याउँदाको खर्च रहेको थियो। चिनियाँ क्लबहरु विश्वका ठूला ठुला खेलाडीहरुको पछाडी लागेका छन्। उनीहरुले अअिले मनग्य पैसा खर्च गरिरहेका छन्। 
 
यदी रोनाल्डो चिनियाँ क्लबमा गए भने उनको आम्दानी अहिलेको भन्दा दोब्बर हुने निश्चित रहेको छ। चिनियाँ क्लबले रियाल मड्रिडलाई ३०० मिलियन युरो  र रोनाल्डोलाई बार्षिक १०० मिलियन युरोको प्रस्ताव गरिसकेको छ। 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ