arrow

राष्ट्रपति बन्नुअघिका ट्रम्पका कम्पनी अहिले यस्ता भए

के-केमा देखियाे परिवर्तन ?

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७३ माघ ७ शुक्रबार
trump_company_photo.png
काठमाडौं । शुक्रबारदेखि अमेरिकाको ४५ औं राष्ट्रपतिको रुपमा डोनाल्ड ट्रम्पले कार्यभार सम्हाल्दैछन् । गत नोभेम्वरमा राष्ट्रपति निर्वाचित भएपछि उनले शुक्रबार सपथ ग्रहण गर्दैछन् । उनी राष्ट्रपतिको रुपमा निर्वाचित भएदेखि सपथग्रहण गर्नुपूर्व उनको व्यवसाय र उनीको व्यवहारमा के कति फरक आयो त ? यो धेरैको चासोको विषय बन्न सक्छ । त्यही विषयमा न्यूयोर्क टाईम्सले प्रकाशित गरेको विषयलाई हामीले पनि नेपालीमा अनुवाद गरेका छौं । 
 
१ तस्वीरमा परिवर्तन 
ट्रम्प अर्गनाईजेसनमा अमेरिकामा राष्ट्रपति निर्वाचित भएपछि ट्रम्पले आफ्नो फोटो हटाएका छन्। आफ्नी छोरीको सहित रहेको उनको फोटो अकेरिकी राष्ट्रपतिमा निर्वाचित भएको झण्डै दुई महिना पछि अर्थात् गत साता मात्रै हटाईएको हो। यसरी हटाउने कामलाई दुई दिन अघि मात्रै तीब्रता दिईएको थियो। उक्त अर्गनाईजेसनले ज्वेलरी, लक्जरियस रियल स्टेट र हेस्टेल तथा गल्फ क्लबहरुमा लगानी गर्ने गरेको छ। 
 
२ भारतको पुनेमा रहेको ट्रम्प टावरको विषयमा 
ट्रम्पकी छोरी इभान्का ट्रम्प र डोनाल्ड ट्रम्पको फोटो रहेको भारतको पुनेमा रहेको ट्रम्प टावरमा पनि फोटो बदलिएको छ। त्यहाँ अहिले ट्रम्पको फोटो रहेको वेभसाईटमा त्यही टावरको फोटो राखिएको छ। जुन तस्वीरमा हेर्न सक्नुहुनेछ। 
 
३ सेन्चुरी सिटीमा परिवर्तन 
सेन्चुरी सिटीमा रहेको ट्रम्पको टावरमा पनि केहीदिन यता उनको फोटो हटाईएको छ। उक्त टावरको आधिकारिक वेभसाईटमा लेखिएको ट्रम्प ब्राण्डलाई नाम परिवर्तन गरेर जेएमपी ब्राण्ड बनाईएको छ भने त्यहाँ फोटो केही पनि राखिएको छैन। यो तस्वीर १३ जनवरीमा हटाईएको हो । सोही बेभसाईटमा इभान्का लाईन ज्वेलरी लेखिएकोमा सो नाम पनि परिवर्तन गरेर खाली राखिएको छ। 
 
४. ट्रम्प टावर मुम्बई
 ट्रम्प टावर मुम्बईमा डोनाल्ड ट्रम्प द मेन अफ द आइएकन शीर्षकमा लेखिएको सन्देशमा शीर्षक हटाईएको छ भने सन्देश पनि परिवर्तन गरिएको छ । यसमा तस्वीर पनि आफ्नो, छोरीको र अन्य दुई सहयोगीहरुको रहेकोमा अहिले टावरको मात्रै राखिएको छ। 
 
५. ट्रम्प डट कम 
ट्रम्प डट कमको होमपेजमा नै नेक्स्ट जेनेरेसन भनेर आफ्नी छोरीको तस्बीर राखिएको भएपनि अहिले आएर ट्रम्पले त्यो हटाएका छन्। अहिले उक्त साईटको होमपेजमा ट्रम्प टावरको तस्वीर नै राखिएको छ। 
 
६ ट्रम्प इन्टरनेशनल रियल्टी 
ट्रम्प इन्टरनेशनल रियल्टीमा पनि ट्रम्पले आफ्नो तस्बीर हटाएका छन्। उनले यसको आधिकारिक साईटमा सहयोगीहरुको रुपमा आफ्ना दुई सहयोगीसँगै आफू र आफ्नी छोरीको तस्वीर राखेकोमा अहिले त्यो हटाएर दुई सहयोगीहरु डोनाल्ड ट्रम्प जेआर र इरिक ट्रम्पको मात्रै तस्वीर राखिएको छ। यस बाहेक डोनाल्ड ट्रम्प राष्ट्रपति बनेपछि परिवर्तन भएका अन्य साईटहरुको विवरण तस्वीरमा तल प्रस्तुत गरिएको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ